टोयोटा र्‍यभफोर हाइब्रिडमा थपियो एड्भान्स फिचर

काठमाडौं । विश्व बजारमा सर्वाधिक विक्री हुने कम्प्याक्ट एसयूभी टोयोटा र्‍यभफोरको २०२३ मोडल तयार भएको छ । कम्पनीले आफ्नो सफल एसयूभीको हाइब्रिड मोडलमा थुप्रै फिचर अपग्रेड गरेको हो ।

डिजाइनको हिसावले कुनै परिवर्तन नभएको २०२३ हाइब्रिड र्‍यभफोरमा रुफरेल र ह्वील कलर परिवर्तन गरिएको छ । रेगुलर र नयाँ उडन एडिसनको रुपमा आउने २०२३ हाइब्रिड र्‍यभफोर मिडनाइट ब्ल्याक मेटालीक, ब्लू र ह्वाइट कलर अप्सनमा उपलब्ध हुनेछ ।

रेगुलर एडिसन भने ग्रे, ह्वाइट, ब्लू, ब्ल्याक, सिल्भर स्काई, डार्क ब्लू, डार्क ग्रे, डार्क स्काई जस्ता कलर अप्सनमा आउने छ । १७ र १८ इन्चको ह्वील अप्सनमा आउने हाइब्रिड र्याभफोर निकै स्पोर्टी डिजाइनमा देख्न सकिन्छ ।

टोयोटाले भेरियन्ट अनुसार ८ देखि १०.५ इन्चको नयाँ इन्फोटेन्टमेन्ट सिस्टम, टोयोटा अडियो मल्टीमीडीया सिस्टम, इन्टेलिजेन्ट एसिस्ट, क्लाउड नेभिगेशन जस्ता आधुनिक फिचर यसले सपोर्ट गर्नेछ । र्‍यभफोर हाइब्रिडको टप भेरियन्टमा १२.३ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लष्टर दिइएको छ । स्टायडर्ड भेरियन्टमा ७ इन्चको क्लष्टर रहेको छ ।

सुरक्षाको हिसावले पनि हाइब्रिड र्‍यभफोरमा ‘टोयोटा सेफ्टी सेन्स २.५’ स्टायडर्ड रुपमा आएको छ । यसमा डाइनामिक राडार क्रुज कन्ट्रोल, ब्लाइन्ड स्पोट मोनिटर, रोड साइन एसिस्ट, रियर क्रस-ट्राफिक अलर्ट, पार्किङ एसिस्ट जस्ता फिचर छन् ।


Back_to_top