नयाँ वर्ष लक्षित टोयोटाको स्कीम सार्वजनिक

काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले क्रिसमस तथा नयाँ वर्ष २०२३ लाई लक्षित गरी पुष ६ देखि ९ गतेसम्म अपग्रेड इभेन्ट सुरु गरेको छ ।

आजबाट सुरु भएको अपग्रेड इभेन्ट कम्पनीले आफ्नो आन्दानगरमा रहेको शोरुममा नै आयोजना गरेको हो । यस इभेन्टमा ग्राहकले हरेक गाडीको खरिदमा एक बर्षको निःशुल्क रोड ट्याक्स, निःशुल्क सवारी नामसारी, क्यास डिस्काउन्ट, एक्सचेन्ज बोनस तथा अन्य थुप्रै उपहारहरु समेत पाउने युटिएसका मार्केटिङ्ग अफिसर रितेश उपाध्यायले जानकारी दिए ।

टोयोटाको ग्लोबल भिजन ‘मोबिलिटी फार अल’लाई सहयोग गर्दै युटिएसले आफ्ना ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारीसाधन परिवर्तन गर्ने अवसर प्रदान गर्न अपग्रेड इभेन्ट आयोजना गरेको जनाएको छ ।

टोयोटाले नेपाली बजारमा प्रिमियम गाडी उपलब्ध गराउँदै आएको छ । जसमा राइज, रस, ल्याण्डक्रुजर प्राडो, ल्याण्डक्रुजर एलसी ३००, फर्चुनर, र्याभफोर, कोरोला क्रस जस्ता मोडलको विक्री वितरण गर्दै आएको छ ।


Back_to_top