सुरु भयो सडकमै प्रदुषणको छड्के जाँच, फेल भए १ लाख जरिवाना

काठमाडौं । यातायातात व्यवस्था विभागले सवारीसाधनको प्रदूषण परीक्षण सडकमै गर्न थालेको छ । पुस १ गतेबाट छड्के जाँचलाई तिब्रता दिने जनाएको विभागले चेक जाँच सुरु गरेको हो ।

लामो सयमदेखि सडक छेउमा गाडी राखेर चेक जाँच गर्ने काम बन्द गरेको विभागले तीव्र बनाइएको हो । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले पुस १ गतेदेखि प्रदूषण परीक्षणमा फेल हुने सवारीसाधनलाई १ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरेसँगै विभागले परिक्षण बढाएको हो ।

वातावरण विभाग, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीको समन्वयनमा सवारीसाधनको प्रदूषण परीक्षणलाई तीव्रता दिइएको छ ।

विभागले केही दिन अघि सूचना जारी गर्दै पुसभित्रै मापदण्डभन्दा बढी प्रदूषण गरिरहेका सवारी साधनलाई एक पटकका लागि मर्मत गरी अवस्था दुरुस्त राख्न अवसर दिएको थियो ।

विभागका प्रवक्ता शङ्करप्रसाद पौडेलका अनुसार जुनसुकै समयमा विभागबाट छड्के जाँच हुनसक्ने र प्रदूषण जाँचपासको रुपमा यसअघि जारी भएको हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि प्रदूषण जाँचपास अनुत्तीर्ण हुने सवारी साधनलाई जरिवानालगायतका कारबाही हुनेछ ।


Back_to_top