काठमाडौं । यामाहा इन्डियाले आफ्नो सर्वाधिक सफल मोडल ‘एफजेडएस एफआई भी ४ केही समय अगाडि सार्वजनिक गरेको छ । कम्पनीले सेग्मेन्टमा नै पहिलो फिचरसहित एफजेडएस को अपडेटेड भर्सन सार्वजनिक गरेको हो ।
कम्पनीले १ लाख २७ हजार भारतीय रुपैयाँ एक्स शोरुम मूल्य निर्धारण गरेर सार्वजनिक गरेको एफजेडको टप भेरियन्ट ल्याएको हो ।
विभिन्न कस्मेटीक अपडेट तथा नयाँ फिचरहरु थप भएर आएको यामाहा एफजेड भी ४ को फ्रन्ट लुकमा समेत परिर्वतन देख्न सकिन्छ ।
कम्पनीले एफजेडएस भी ३ को तुलनामा भी ४ मा नयाँ डिजाइनको हेडल्याम्प तथा नयाँ डिआरएल दिएको छ । त्यस्तै, भी ४ को फ्रन्टमा नयाँ विन्ड स्क्रीनका साथै फ्यूल ट्याङकमा नयाँ क्रोमको प्रयोग देख्न सकिन्छ ।
यामाहाले भी ४ मा ब्लूटूथ कनेक्टिभिटी फिचरसमेत दिएको छ । भी ४ मा सेग्मेन्ट फ्रस्ट फिचरको रुपमा ट्रयाक्सन कन्ट्रोल फिचर दिइएको छ । यसमा फोनको ब्याट्री अवस्था, टर्न वाई टर्न इन्डिकेटर, कल अलर्ट, एसएमएस अलर्ट जस्ता सुविधा पाउन सकिन्छ ।
यसमा रहेको १४९ सीसी क्षमताको इन्जिनले अधिकतम १२.४ पीएस पावर र १३.३ एनएम टर्क प्रदान गर्छ ।

