काठमाडौं । दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोवाइल्सले इलेक्ट्रीक स्कुटर नेपाल भित्र्याएको छ । कम्पनीले ‘गेसिट्स’ ब्राण्डको दुईपांग्रे इलेक्ट्रीक स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको हो ।
मोनोशक सस्पेन्सन भएको पहिलो इलेक्ट्रीक स्कुटर कम्पनीको नक्साल शोरुममा कुलमान घिसिंङ सार्वजनिक गरेको हुन् ।
गेसिट्स ब्राण्डको पोर्टफोलियोमा गेसिट्स जी १ र राया जी गरी दुई मोडल रहेको छ ।
विवेक अटोमोवाइल्सले स्पोर्टी डिजाइनको जी १ स्कुटर नेपालमा सार्वजनिक गरेको हो । यसमा २ किलोवाट क्षमताको मोटर रहेको छ । यसले ६.७ हर्सपावर तथा ३० एनएम टर्क जेनेरेट गर्छ ।
यो स्कुटरमा ७० भोल्ट २० एम्पिएरको लिथियम ब्याट्री रहेको छ । यसलाई एकपटक फुलचार्ज गरेर ५० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ । यसमा डबल ब्याट्रीको प्रयोग गर्न सकिन्छ भने १०० किलोमिटरसम्म गुडाउन सकिन्छ ।
यो स्कुटरको फ्रन्टमा टेलिस्कोपिक र रियरमा मोनोशक सस्पेन्सन रहेको छ । त्यस्तै, डबल डिस्क ब्रेक, एलईडी लाइट, राइड मोड, फुल डिजिटल डिस्प्ले जस्ता फिचर पाउन सकिन्छ । नेपाली बजारमा उपलब्ध मोनोशक सस्पेन्सन भएको यो पहिलो इलेक्ट्रीक स्कुटर भएको कम्पनीको दावी छ ।
दुई ब्याट्री अप्सनमा आउने यो स्कुटरको सिंगल ब्याट्रीको मूल्य ३ लाख ४९ हजार ९०० र डबल ब्याट्रीसहितको मूल्य ४ लाख ९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

