काठमाडौं । कावासाकी इन्डियाले डबल पर्पस मोटरसाइकल केएलएक्स २३० को मूल्यमा भारी कटौती गरेको छ । कम्पनीले केएलएक्स २३० को २०२६ भर्सन सार्वजनिक गर्दै १ लाख ३१ हजार भारतीय रुपैयाँले मूल्य घटाएको हो ।
कम्पनीले पहिलो पटक भारतमा सार्वजनिक गर्दा केएलएक्सको मूल्य ३ लाख ३० हजार भारतीय रुपैयाँ (एक्स शोरुम) तोकेको थियो भने २०२६ नयाँ भर्सनको मूल्य १ लाख ९९ हजार रुपैयाँ तोकेको हो ।
मूल्य कटौतीसँगै यो मोटरसाइकलले एक्सपल्स २१० लाई चुनौती दिनेछ । हिरो एक्सपल्स २१० को मूल्य १ लाख ८६ हजार रुपैयाँ (एक्स शोरुम) रहेको छ ।
अफरोड तथा अनरोड दुवैका लागि उपयुक्त डिजाइनमा तयार केएलएक्स २३० मोटरसाइकलमा ३७ एमएम टेलिस्कोपिक फोर्क र मोनोशक सस्पेन्सन् सेटअप छ ।
यसमा ब्लुटूथ कनेक्टिभिटी सहितको मोनोटोन एलसीडी डिस्प्ले र पूरा एलईडी लाइट दिइएको छ । साथै, यसको फ्रन्टमा २१ इन्च र रियरमा १८ इन्चको अफरोड टायर, डबल डिस्कब्रेक, डबल च्यानल एबीएस, स्पोक ह्वील, हाई ग्राउण्ड क्लियरेन्स, रेज फ्रन्ट फेन्डर तथा सिंगल पिस सिट पाउन सकिन्छ।

यो मोटरसाइकलमा २३३ सीसीको सिंगल सिलिन्डर, टू भल्ब, एसओएसचसी, एयर कुल्ड इन्जिन रहेको छ । उक्त इन्जिनले १९ हर्सपावर तथा १९ एनएमकै टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स दिइएको छ ।
प्रिमियम ब्राण्डको रूपमा आफ्नो परिचय बनाएको जापानी ब्राण्ड कावासाकी नेपाली बजारमा पनि चाँडै आउने चर्चा छ । नेपालमा कावासाकी ब्रान्ड विशाल ग्रुपले डिलरशिप पाएको छ । कम्पनीले निकट भविष्यमै कावासाकी नेपाल भित्र्याउने अनुमान गर्न सकिन्छ ।

