काठमाडौं । नेपालको लागि रेनो गाडीको आधिकारीक वितरक एड्भान्स अटोमोबाइल्स प्रालि र सानिमा बैंक बीच अटो लोन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता अनुसार रेनोका गाडी किन्न सानिमा बैंकले ग्राहकलाई कर्जा दिने छ ।
यी दुई कम्पनीले नजिकिँदै गरेको दशैं, तिहार र बहुप्रतिक्षित नाडा अटो शोलाई ध्यानमा राख्दै ग्राहकलाई सहुलियत ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउन उक्त सम्झौता गरेका हुन् ।
सम्झौतामा एड्भान्स अटोमोबाइल्स प्रालिका जेनेरल म्यानेजर अधीरकुमार श्रेष्ठ र सानिमा बैंक लिमिटेडको रिटेल लेन्डिङ्ग डिपार्टमेन्ट हेड विशाल दाहालले हस्ताक्षर गरेका हुन् ।
रेनोको क्वीड, ट्राइबर र काइगर मोडेल खरिद गर्न चाहने ग्राहकलाई सानिमा बैंकले सहज र सरल दरमा फाइनान्स सुविधा प्रदान गर्नेछ । यो सुविधा रेनोका देशभर रहेका आधिकारिक डिलर र सानिमा बैंकको शाखामा पनि उपलब्ध हुनेछ ।
यसको साथै रेनोले नजिकिँदै गरेको चाडपर्वलाई लक्षीत गरेर ‘रेनो शुभ कार रम्भ’ योजना पनि ल्याएको छ । यो योजना अन्तर्गत रेनोका ग्राहकहरुले ७ लाखसम्मको छुटको साथै सहज फाइनान्स, एक वर्षको निःशुल्क सडक कर, दुई वर्षसम्म निःशुल्क सर्भिसिङ र बेस्ट भ्यालु एक्स्चेन्ज अफर पाउन सक्नेछन् ।