काठमाडौं । अटोमोवाइल बजारमा आएको लगातारको गिरावटले निकै चिन्तामा रहेका गाडी बिक्रेता कम्पनीहरुले नयाँ वर्ष २०७७ को अवसर पारेर तीन नयाँ एसयूभी नेपाली बजारमा ल्याउने तयारी गरिरहेका छन् ।
मारुती सुजुकी, हुन्डाई र टाटाले नयाँ वर्षमा नयाँ एसयूभी ल्याउने तयारीलाई तिब्र बनाएका छन् ।
मारुती सुजुकीले आफ्नो चर्चित सव फोर मिटर एसयूभी ब्रेजाको फेसलिफ्ट मोडल अबको दुई महिना भित्र नेपाली बजारमा ल्याउनेगरि तयारी भइरहेको जनाएको छ । कम्पनीले यसअघि डिजेल इन्जिनमा बिक्री गर्दै आएको भिटारा ब्रेजाको स्थानमा नयाँ पेट्रोल इन्जिनयुक्त ब्रेजाको बिक्री सुरु गर्ने भएको हो । ब्रेजा सर्वाधिक बिक्री हुने सव फोर मिटर डिजेल एसयूभीको रुपमा रहेको थियाे ।

यो पनि पढ्नुस्: पहिलेभन्दा कम मूल्यमा आयो मारुती सुजुकी भिटारा ब्रेजा
त्यसैगरी हुन्डाईले आगामी जेठमा अल न्यू क्रेटा सार्वजनिक गर्नेगरि काम गरिरहेको जनाएको छ । हुन्डाईले क्रेटाको अलावा अन्य दुई मोडल नियोस र अउरा सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

यो पनि पढ्नुस्: ५ फरक क्याविनको साथ मार्च १७ बाट बजारमा आउँदै नयाँ जेनेरेशन क्रेटा (भिडियोसहित)
साथै, नयाँ वर्ष २०७७ मा सार्वजनिक हुने अर्को एसयूभी टाटाको इलेक्ट्रीक नेक्सन हो । नेक्सन इलेक्ट्रीक अहिलेपनि बजारमा निकै प्रतिक्षा गरिएको एसयूभी हो । कम्पनीले नेक्सन एसयूभी बजारमा ल्याउने तयारी गरिरहेको जानकारी दिएको छ ।

यो पनि पढ्नुस्: १४ लाख भारु सुरुवाति मूल्यमा नै नेक्सन इभी सार्वजनिक, कति पर्ला नेपालमा
नेक्सन इलेक्ट्रीकको अलावा कम्पनीले अल्ट्रोज, ग्राभिटास जस्ता गाडीलाई २०७७ को पहिलो क्वाटरमा नै नेपाली बजारमा ल्याउने छ ।
मारुती सुजुकी भिटारा ब्रेजा, हुन्डाई क्रेटा र नेक्सन तीनवटै मोडल ब्राण्ड न्यू मोडल भने होइनन् । यद्यपी यी तीन वटै मोडल अल न्यू र फरक प्ल्याटफर्ममा बनेर नेपाल आउन लागेका हुन् ।
यी तीन वटै मोडल नेपालमा सफल भइसकेकाले यसको परिस्कृत मोडल कस्तो हुनेछ भन्ने कौतुहलता भने ग्राहकमा रहेको पाइन्छ ।

