५ फरक क्याविनको साथ मार्च १७ बाट बजारमा आउँदै नयाँ जेनेरेशन क्रेटा (भिडियोसहित)

काठमाडौं । हुन्डाई मोटर्स इन्डियाले आफ्नो चर्चित एसयूभी क्रेटाको नयाँ जेनेरेशन मोडल ‘अल न्यू क्रेटा’ आगामी मार्च १७ देखि भारतमा बिक्री सुरु गर्ने भएको छ । कम्पनीले दुई दिनअघि सकिएको अटो एक्स्पो २०२० मा यसको प्रडक्सन मोडल सार्वजनिक गरेको थियो ।

कम्पनीले भारतमा बनाएको नयाँ जेनेरेशन क्रेटाको इन्टेरियर भेरियन्ट अनुसार फरक हुने बताइएको छ । संभवत कम्पनीले नयाँ क्रेटालाई ५ फरक डिजाइनको क्यावीनमा उपलब्ध गराउने छ ।

अटो एक्स्पोमा राखिएको नयाँ क्रेटाको बाहिरी बनोट मात्र देखाइएको थियो यसको इन्टेरियर पक्षलाई भने कम्पनीले गोप्य नै राखेको छ । यद्यपी धेरै नियालेर हेर्दा यसमा १०.४ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ७ इन्चको डिजिटल इन्ट्रुमेन्ट कन्सोल जस्ता फिचर उपलब्ध रहेको बुझन सकिन्थ्यो ।

सुरक्षाको लागि नयाँ क्रेटाको स्टायडर्ड भेरियन्टमा डियूल एयरव्याग, एबीएस, इबीडी, इन्जिन इमोविलाइजर जस्ता फिचर उपलब्ध रहने छ । यसका अलावा कुल्ड सिट, वायरलेस चार्जिङ, सनरुफ, पावर एड्जस्टेवल ड्राइभिङ सिट र फ्ल्याट बटम स्टेरिङको विशेषता पाउन सकिने छ ।

नयाँ जेनेरेशन क्रेटा बीएस ६ इन्जिनमा उपलब्ध रहने छ । यसमा कम्पनीले किया सेल्टोसमा प्रयोग गरेको १.५ लिटर पेट्रोल र डिजेल दुबै इन्जिन दिएको छ भने १.४ लिटर टर्बो पेट्रोल इन्जिनमा पनि नयाँ क्रेटा आउने अनुमान गरिएको छ । यसमा किया सेल्टोसको जस्तै समान म्यानुयल र अटोमेटिक गियरबक्स रहने छ ।

पहिलेको तुलनामा नयाँ क्रेटामा निकै बोल्ड एक्टेरियर दिइएको छ । स्प्लीट हेडल्याम्प सेटअपको साथमा क्यास्केडिङ फ्रन्ट ग्रिल, सम्पूर्ण एलइडी लाईट, अगाडी र पछाडि दुबै स्थानमा फ्युक्स स्कीड प्लेटले गाडीलाई निकै स्पोर्टी देखाएको छ ।

साइडबाट हेर्दा यसमा प्रयोग भएको ‘स्क्वायर्ड आउट आर्क ह्वील’ले नयाँ क्रेटालाई निकै मस्कुलर देखिएको छ । भने यसमा डियुल टोन अलोय ह्वील, पछाडिको पार्टमा प्रयोग गरिएको स्प्लीट लाइट सेटअपले नयाँ क्रेटा पुरानोको तुलनामा निकै आकर्षक देखिने छ ।


Back_to_top