चेतकलाई टक्कर दिन आयो ‘इ प्लुटो ’

भारतमा एकपछि अर्को स्टार्टअप कम्पनीहरुले इलेक्ट्रीक मोटरसाइकल तथा स्कुटर बजारमा ल्याइरहेका छन् । यस्तोमा प्योर इभी नामक कम्पनीले नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको हो ।

भारतको हैदरावदमा रहेको यो कम्पनीले बजाज चेतकको प्रतिस्पर्धी स्कुटर बजारमा ल्याएको हो । कम्पीले ‘इ प्लुटो ७ जी’ नामक दिएको उक्त स्कुटरको मूल्य ८० हजार भारतीय रुपैयाँ तोकेको छ ।

प्योर इभी ‘इ प्लुटो ७ जी’को टप स्पीड ६० किलोमिटर प्रतिघन्टा रहेको छ । कम्पनीले यसमा उपलब्ध रहेको व्याट्रीमा ४० हजार किलोमिटरसम्म वारेन्टी दिने जनाएको छ । यसमा पोर्टेवल व्याट्री प्याक दिइएको छ ।

यो स्कुटरमा १.५ किलोवाट नोमिनल र २ किलोवाट पिक बीएलडीसी मोटर जडान गरिएको छ । कन्सोलमा ६ इन्चको टीएफटी डिस्प्ले रहेको छ भने यसको फ्रन्टमा डिस्क ब्रेक तथा रियरमा ड्रम ब्रेक रहेको छ । यस्तै यसमा फुलएलइडी लाइट दिइएको छ । साथै यो स्कुटरमा स्मार्ट लकसमेत उपलब्ध रहेको छ ।

कम्पनीका अनुसार हाल यो स्कुटर प्रति महिना २ हजार यूनिट उत्पादन गर्ने क्षमता रहेको छ । कम्पनीले यो बर्ष १० हजार स्कुटर बजारमा ल्याउने लक्ष्य लिएको जानकारी दिएको छ ।


Back_to_top