चितवन । पहिरोको कारण मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । वर्षाको कारण पहिरो गएसँगै बाटो पूर्णरुपमा बन्द भएको हो ।
चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ स्थित जलबिरेमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मध्याह्न साँढे १२ बजे गएको पहिरोका कारण सडक पूर्णरुपमा अवरुद्ध बनेको छ ।
पहिरोको कारण मुग्लिनबाट नारायणगढबाटतर्फ आउने र जाने सवारीसाधनहरू रोकिएका छन् । सडक विभागले पहिरो पन्छाउन काम सुरु गरिसकेको छ ।