काठमाडौं । जापानी अटोमोवाइल कम्पनी टोयोटा र लेक्ससले इलेक्ट्रीक भेहिकलमा नयाँ रेकर्ड आफ्नो नाममा लेखाउन सफल भएको छ । ईभी भन्ने वित्तिकै चिनियाँ सम्झने समयमा टोयोटा मोटर कर्पोरेशनले सर्वाधिक किफायती गाडी बनाएको हो ।
लेक्ससले आफ्नो आरजेड-३००ई मोडलको इफिसीयन्सी डाटाले सबै विद्युतीय साधन मनपराउनेहरुलाई चकित बनाएको छ । लेक्सस आरजेड-३००ईको २०२४ मोडलको बेस भेरियन्टले १२५ एमपीजीई (माइल पर ग्यालन अफ ग्यासोलिन इकुभ्यालेन्ट) अर्थात् प्रतिकिलोवाट आवर ब्याट्री खपतमा ५.९५ किलोमिटर रेन्ज दिएको हो ।
उक्त रेन्जमा ब्याट्रीको चार्जिङ लससमेत हिसाब गरिएको छ । यो इफिसीयन्सी टेस्लाको मोडल वाईको भन्दा पनि बढि हो । लेक्ससले सार्वजनिक गरेको डाटा अनुसार आरजेड-३००ई मोडल सबैभन्दा इफिसीयन्ट एसयूभी भएको छ ।
लेक्ससको आरजेड-३००ई मोडल फ्रन्टह्वील ड्राइभ हो । यसमा ७२.८ किलोवाट आवरको ब्याट्री प्याक छ । यसको कम्बाइन इपीए रेन्ज ४२८ किलोमिटर हो । सन् २०२४ मोडलका ईभीहरुमा हुन्डाई आयोनिक ६, लुसिड एयर र टेस्ला मोडल-३ सबैभन्दा धेरै इफिसीयन्ट मोडलका टप १० मा परेका छन् ।
लेक्सस आरजेड-३००ई सबैभन्दा इफिसीयन्ट हुनुका कारण यसको कुल तौललाई लिने गरिन्छ । यसको तौल मात्र १९४० केजी छ । यसमा प्रयोग भएको ह्वील र टायरको कम्बीनेशनले पनि किफायती बनाउन सहयोग गरेको छ ।

