मासिक ३६ हजार किस्तामै पर्फेक्ट इलेक्ट्रीक एसयूभी

काठमाडौं । विद्युतीय गाडीमा चलिरहेको प्राइसवारले नेपाली उपभोक्ताले पनि राम्रै फाइदा पाएका छन् । चार वर्ष अगाडिसम्म ईभी बजारमा सीमित ब्राण्डको एकाधिकार थियो । अहिले तीव्र प्रतिस्पर्धाले मूल्य निकै प्रतिस्पर्धी बनेको हो ।

चिनियाँ ब्राण्ड केईको एक्सथ्री प्रो एसयूभीको मूल्य ३९ लाख ९६ हजार तोकिएको छ । उसोत यो अफर मूल्य हो । कम्पनीले ४५ लाख ९६ हजारबाट ६ लाख रुपैयाँ घटाएर अफर मूल्य निर्धारण गरेको हो । अहिलेको बजार ब्याजदर अनुसार केबल ३६ हजार मासिक किस्तामा यसलाई खरिद गर्न सकिन्छ ।

केई एक्सथ्री प्रो नै नेपाली बजारमा उपलब्ध सबैभन्दा कम मूल्यको एसयूभी हो । साइजका हिसाबले कम्प्याक्ट एसयूभी सेग्मेन्टमा उपलब्ध एसयूभीको मूल्य ३९ लाख ९६ हजार अन्य कुनै पनि ब्राण्डले अफर गरेका छैनन् ।

केई नेपालले ‘बबाल फेस्टिभ अफर’ दिइरहेको छ । जहाँ अतिरिक्त सुविधाको रुपमा ७.३ किलोवाटको एसी चार्जर, ८ वर्षको वारेन्टी, ६ वर्षसम्म निःशुल्क सर्भिस सेवा र स्पेयर टायर दिने जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाले ७ प्रतिशतभन्दा कम ब्याजदरमै कर्जा उपलब्ध गराइरहेका छन् । केई एक्सथ्री प्रोको मूल्य ३९ लाख ९६ हजारको ४० प्रतिशतले हुन आउने १५ लाख ९८ हजार ४०० रुपैयाँ सुरूमै बुझाउनु पर्छ । बाँकी २३ लाख ९६ हजार ६०० रुपैयाँ कर्जा सुविधा लिँदा ७ वर्षसम्म मासिक ३६ हजार १८७ रुपैयाँ तिर्नुपर्छ ।

कम्पनीले यसमा ५३.६ किलोवाट आवरको ब्याट्री प्याक दिएको छ । डब्लूएलटीपीका अनुसार नै यसले सिंगल चार्जमा ३३० किलोमिटर रेन्ज दिन्छ । कम्पनीले यसमा ९९ किलोवाटको इलेक्ट्रीक मोटर दिएको छ । गाडीको पीकटर्क भने २८० न्यूटन मिटर छ ।

केई एक्सथ्री प्रोको लम्बाइ ४४४३ एमएम, चौडाइ १८३१ एमएम र उचाइ १६४६ एमएम छ । पर्फेक्ट कम्प्याक्ट एसयूभीको साइजमा उपलब्ध एक्सथ्री प्रोमा २६३२ एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।

 

एसयूभीमा १८२ एमएम अग्लो ग्राउन्ड क्लियरेन्स, ३६० लिटरको बुट स्पेस रहेको इलेक्ट्रीक मोडलको क्याबिन निकै लग्जरी फिल दिन सक्षम छ । १८ इन्चको आल्मुनियम ह्वीलले गाडीको रोड प्रेजेन्स उत्कृष्ट लाग्छ ।

एक्सथ्री प्रो एसयूभीमा मल्टी फङ्सनल स्टेरिङ ह्वील, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, डिजिटल इन्फोटेन्मेन्ट स्क्रीन, ३६० डिग्री क्यामेरा, अटोमेटिक एसी, रियर एसी भेन्ट, पीएम २.५ एयर फिल्टर, ६ वटा स्पीकर, मल्टी ड्राइभिङ मोड, वायरलेस मोबाइल चार्जर पाउन सकिन्छ । यसमा भेहिकल टु लोड सुविधा पनि पाउन सकिन्छ ।

सुरक्षाको लागि ४ एयरब्याग उपलब्ध एक्सथ्री प्रो एसयूभीमा टायर प्रेसर मोनिटरीङ सिस्टम, ईएसपी, ईएबी, ईबीडी, क्रुज कन्ट्रोल, रियर पार्किङ क्यामरा, पार्किङ सेन्सर, हिल असिस्ट, ट्रयाक्सन कन्ट्रोल, अटो होल्ड जस्ता अत्यावश्यक फिचर छन् ।


Back_to_top