नयाँबसपार्कमा यात्रुलाई दुःख दिने ४६ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले काठमाडौँको नयाँ बसपार्कमा जथाभाबी रुपमा यात्रुलाई दुःख हैरानी दिने ४६ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको झोला तानेर दुःख हैरानी दिने, शङ्कास्पद गतिविधि गर्ने ४६ जना पक्राउ गरेको हो ।

उनीहरुलाई बुधबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ट्याक्सी चालक, होटल सञ्चालक, होटलमा कार्यरत कर्मचारी लगायत रहेका छन् ।

उनीहरूलाई एकपटकका लागि सम्झाइ बुझाई छाडिएको र फेरि अर्कोपल्ट त्यस्तो गतिविधि गरेमा कारबाही गरिने प्रहरीले जनाएकाे छ ।


Back_to_top