काठमाडौं । सिंहदरबार भित्र एकै पटक ५ फास्ट चार्जर संचालनमा आएको छ । विभिन्न मन्त्रालयको पार्किङ एरियामा ५ डिसी फास्ट चार्जर संचालनमा आएका हुन् ।
सरकारले विद्युतीय गाडीको प्रयोग बढाउन सिंहदरबार भित्र डिसी फास्ट चार्जर संचालनमा ल्याउने योजना अनुसार ५ स्थानमा ३० किलोवाट क्षमताका फास्ट चार्जरहरु जडान गरेको हो ।

सिंहदरबार परिशरमा बनेका यी डिसी फास्ट चार्जरको कारण सिंहदरवार भित्रका सरकारी गाडी र बाहिरबाट काम विशेषले सिंहदरवार गएका आम नागरिकको गाडीले समेत चार्जिङ सुविधा पाउने छन् ।
सरकारले सन् २०३० सम्ममा विद्युतीय गाडीको प्रयोग ब्यापक बनाउन भन्दै चार्जिङ पूर्वाधार निर्माणमा काम गरिरहेको छ ।




