एसएआईसीले नयाँ प्लान्ट लागउने, एमजीका ईभी सर्वाधिक सफल

काठमाडौं । चिनियाँ सरकारी अटोमोवाइल कम्पनी संघाई अटोमोटिभ इन्डष्ट्री कर्पोरेशन मोटर कर्प लिमिटेड (एसएआईसी)ले यूरोपमा पनि इलेक्ट्रीक भेहिकल उत्पादन गर्न प्लान्ट लगाउने भएको छ । कम्पनीले यूरोपको लागि नयाँ ईभी फ्याक्ट्री बनाउने घोषणा गरेको हो ।

यूरोपियन बजारमा ईभीको बढ्दो मागलाई ध्यानमा राखेर एसएआईसीले नयाँ प्लान्ट स्थापना गर्न उपयुक्त स्थानको खोजी भइरहेको जनाएको छ । चिनियाँ ब्राण्डले यसअघि देखि नै अमेरिकी जनरल मोटर्स र युरोपियन फक्वागेन ग्रुपसँग सहकार्यमा गाडी उत्पादन गर्दै आएको छ ।

एसएआईसी र जनरल मोटर्स मिलेर सेभ्रोले मेन्लो, बुइक भेलाइट ७ र फक्सवागेनसँग सहकार्यमा अउडी क्यू फाइभ, इट्रोन तथा फक्सवागेन आईडी ६ जस्ता ईभी उत्पादन गरिरहेको छ ।

एसएआईसीले एमजी ब्राण्डको ईभी ब्रिटेन, अष्टेलिया, सिंगापुर, थाइल्याण्ड, भारत र नेपालमा बिक्री गर्दै आएको छ । ईभीको बढ्दो मागलाई सम्बोधन गर्न एसएआईसीले यसअघि नै ईभीको लाइनअप बढाउने घोषणा गरिसकेको छ ।

एमजीले हाल जेडएस ईभी र एमजी फोर ईभी बनाइरहेको छ । कम्पनीले सन् २०२४ मै एमजी रोडस्टर मोडलको ‘साइवरस्टर’ ईभी बजारमा ल्याउने तयारी गरिरहेको छ ।

चालु बर्षको ६ महिनामा एसएआईसीको एमजी इलेक्ट्रीक युरोपियन बजारमा मात्रै १ लाख १५ हजार यूनिट बिक्री भएको छ । एसएआईसीले म्याक्सस् ब्राण्डमा अर्को इलेक्ट्रीक भेहिकल ‘मिफा ९’ एमपीभीसमेत लन्च गरिसकेकोे छ ।


Back_to_top