काठमाडौं । क्रसफायरले फ्रि चेकअक क्याम्प संचालन गर्ने भएको छ । क्रसफायर तथा इटालीका मोटोको नेपालका लागि अधिकृत वितरक क्लासिक ह्वील एक्स्पोर्ट एण्ड इम्पोर्टले टेष्ट राइड तथा फ्रि चेकअप क्याम्प संचालनमा ल्याएको हो ।
यो क्याम्प २४ असारदेखि सुरु भएर २९ असारसम्म संचालन हुने कम्पनीले जनाएको छ ।
यो चेक अप क्याम्पमा मोटरसाइकलका १६ पोइन्टका निशुल्क चेकजाँच तथा ९ पोइन्टको निशुल्क लुब्रिकेसन गरिने छ । यो क्याम्पमा ग्राहकले इटालीका र क्रसफायर दुबैका मोटरसाइकल तथा स्कुटरका पार्टसमा २५ प्रतिशत छुट प्राप्त गर्नेछन् ।
यो क्याम्पमा दुबै कम्पनीका मोटरसाइकल र स्कुटर टेष्ट राइडसमेत गर्न सकिने कम्पनीले जनाएको छ ।
यो क्याम्प क्रसफायरको महारजगंज र एकान्तकुना स्थित सर्भिस सेन्टरमा संचालन हुनेछ ।


