१५० सीसीको सुजुकी मोटरसाइकलमा ५० हजार नगद छुट

काठमाडौं । १५० सीसी क्षमताको सुजुकी इन्टुडरमा ५० हजार नगद छुट दिने योजना कम्पनीले अगाडि ल्याएको छ । सुजुकीको कालोपुल र बनेपाको डिलर आरडीएक्स मोटोले यस्तो अफर ल्याएको हो ।

कम्पनीले ल्याएको अफरमा फ्ल्याटमा ५० हजार नगद छुट दिने जनाइएको छ । ग्राहकले इन्टुडर किन्दा नगद, फाइनान्स वा एक्सचेन्ज जसरी खरिद गरेपनि यो योजनाबाट ५० हजारको फाइदा लिन सक्ने छन् ।

सुजुकीको क्रुजर मोटरसाइकलको अहिले बजार मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ रहेको छ । तर, ग्राहकले यो अफरमा खरिद गर्दा २ लाख ७८ हजार ९०० रुपैयाँमा खरिद गर्न सक्ने छन् ।

‘हामीले यो योजना एक महिनाको लागि ल्याएका हौं । यस योजनामा इन्टुर किन्न चाहने ग्राहकले भदौ १५ गतेसम्ममा मोटरसाइकल किन्नु पर्ने छ’, आरडीएक्स मोटोले जनाएको छ ।

यो मोटरसाइकल क्रुजर मोडल हो । आरामदायी यात्रा चाहनेहरुको रोजाइमा पर्ने यो मोटरसाइकलमा १५५ सीसी क्षमताको, ४ स्टोक, १ सिलिण्डर, एयरकुल्ड, एफआई इन्जिन रहेको छ ।

उक्त इन्जिनले ८००० आरपीएममा अधिकतम १३.६ पीएस पावर र ६००० आरपीएममा १३.८ एनएम टर्क प्रदान गर्ने छ । यसमा ५ स्पीडको गियरबक्स उपलब्ध रहेको छ ।

सिंगल च्यानल एबीएस सहित आउने इन्टुडरमा दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ । आरामदायी यात्राको लागि अगाडि टेलिस्कोपिक र पछाडि स्विङआर्म शक एब्जर्बर दिएको छ ।

प्रोजेक्टर हेडल्याम्प, एलइडी टेल ल्याम्प, ११ लिटरको फ्यूल ट्याङ्क र १७० एमएमको ग्राउन्ड क्लियरेन्स जस्ता फिचरले यो मोटरसाइकललाई निकै आकर्षक बनाएको छ ।


Back_to_top