पाँचौ जेनेरेशन स्पोर्टेज अटो शोमा, यस्तो छ मूल्य

काठमाडौं । कियाको आधिकारीक बिक्रेता कम्पनी कन्टिनेन्टल ट्रेडिङले किया स्पोर्टेजको ५ औं जेनेरेशन मोडल नेपाल ल्याएको छ । कम्पनीले स्पोर्टेजको टु ह्वील ड्राइभ सिस्टम सहितको टप भेरियन्ट एक्सलाइन नाडा अटो शोमा सार्वजनिक गरेको हो ।

नेपालमा मनपराइएको एसयूभी मध्येको एक स्पोर्टेजको एक्सलाइन भेरियन्ट निकै फिचर लोडेड छ । टु ह्वील ड्राइभ सिस्टम र ६ स्पीड अटोमेटीक गियरबक्समा उपलब्ध नयाँ स्पोर्टेजमा २.० लिटर क्षमताको पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १५६ पीएस पावर र १९२ एनएम टर्क प्रदान गर्छ ।

कन्टिनेन्टल ट्रेडिङले १ करोड २५ लाख ९० हजार मूल्य निर्धारण गरेर अटो शोमा यसलाई प्रदर्शनी गरेको हो । नयाँ स्पोर्टेजमा निकै आक्रमक र ठूलो देखिने टाइगर नोज ग्रिलसँग डिसेन्टीभ ब्रुम्रिङ एलइडी हेडलाइट र ठूलो साइजमा दिइएको एलइडी टेललाइटले यसको अगाडिको भागलाई निकै आकर्षक देखाएको छ ।

कुप्पे डिजाइन प्रेरित बडी स्टाइल र ८ कलर अप्सनले स्पोर्टेजलाई निकै स्लीक र स्मार्ट एसयूभी बनाएको छ । १८ इन्चको अलोय ह्वीलको कारण सडकमा यसलाई निकै स्मार्ट देखिन्छ ।

नयाँ स्पोर्टेजमा सुरक्षा फिचरको कुनै कमी छैन । पार्किङ डिस्ट्यान्स वार्निङ, इलेक्ट्रीक पार्किङ ब्रेक, पार्किङ एसिस्ट, हाइट अनुसार एड्जस्ट गर्न मिल्ने अगाडिको सिटबेल्ट, ७ एयरब्याग, रेन सेन्सिङ वाइपर, एबीएस, इएससी, डिबीसी र एचएसी जस्ता ब्रेक एसिस्ट यसमा पाउन सकिन्छ ।

बाहिर जति आकर्षक देखिन्छ, त्यति नै यसको इन्टेरियर पनि उत्कृष्ट बनाइएको छ । लेदर सिट, इलेक्ट्रीक सिट एड्जस्टमेन्ट, तीन तरिकाले तताउन मिल्ने सिट, फोर स्पोक स्टेरिङ ह्वील, टिल्ट र टेलिस्कोपीक स्टेरिङ ह्वील, २ वटा ट्यूटर सहितको ४ स्पीकर, ४.२ इन्चको टीएफटी डिस्प्ले, ८ इन्चको डिस्प्ले, वायरलेस चार्जर, पनारोमिक सनरुफ जस्ता फिचर पाउन सकिन्छ ।


Back_to_top