काठमाडौं । महिन्द्रा स्कर्पियो क्लासिक मोडल नेपालमा बिक्री सुरु भएको छ । महिन्द्राको आधिकारीक बिक्रेता अग्नी इनकर्पोरेट प्रालिले स्कर्पियो क्लासिकलाई नाडा अटो शो मार्फत बिक्री सुरु गरेको हो ।
नेपालमा धेरै सफल मध्येको एक मोडल स्कर्पियोमा कम्पनीको टुइन पीक लोगो प्रयोग भएको छ । साथै, यसको फ्रन्ट ग्रिल, हेडल्याम्प हाउजिङ समेत परिवर्तन गरिएको छ । अहिले नेपाल आएको स्कर्पियो क्लासिकको टप भेरियन्ट हो । यसको मूल्य ८० लाख ५० हजार रुपैयाँ कायम गरिएको छ ।
स्कर्पियो क्लासिक मोडलमा पनि ठूलो परिमार्जन गरिएको छ । महिन्द्राका पछिल्ला एसयूभी स्कर्पियो एन र एक्सयूभी ७०० को भर्टिकल ग्रिल सलर्ट र बीचमा महिन्द्राको टुईन पीक लोगो प्रयोग गरिएको छ ।
अगाडि र पछाडि नै प्रयोग भएको स्कीड प्लेट, १७ इन्चको दुई कलरमा सजिएको अलोय ह्वील, ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, पियानो व्ल्याक ड्यासबोर्डमा दिइएको उडन फिनिस सहितको सेन्टर कन्सोल यसमा पाउन सकिन्छ ।

महिन्द्राले स्कर्पियो क्लासिकमा २.२ लिटर फोर सिलिण्डर डिजेल इन्जिन दिएको छ । यो इन्जिनले १३६ हर्स पावर र ३०० एनएम पीक टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स रहेको छ । यसमा टु ह्वील र फोर ह्वील ड्राइभ अप्सन उपलब्ध रहेको छ ।
स्कर्पियो क्लासिकमा प्रोजेक्टर हेडल्याम्पको साथमा एलइडी डे टाइम रनिङ लाइट, ९ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, नयाँ स्टेरिङ ह्वील, क्रुज कन्ट्रोल, अटोमेटीक क्लाइमेट कन्ट्रोल, पावर विन्डो, सेकेन्ड रोमा एसी भेन्टस्, ड्यूल एयरब्याग जस्ता फिचर उपलब्ध छन् ।


