काठमाडौं । झट्ट सुन्दा अलह्वील ड्राईभ र फोरह्वील ड्राईभ एउटै होकि जस्तो लाग्छ तर, यसमा केहि प्राविधिक भिन्नताहरु रहेका छन् । सामान्यतया अलह्वील ड्राईभ राम्रो बाटो भएको ठाउँमा उपयुक्त हुन्छ भने, फोरह्वील ड्राईभले कच्चि, हिलो र ठाडो बाटाहरुमा राम्रो काम गर्छ ।
AWD (अलह्वील ड्राईभ)
यो फिचर भएको गाडीमा चारवटै चक्कामा सबै समय पावर दिएको हुन्छ अर्थात् सबै चक्काले गाडी गुडाउँछ । गाडी जस्तोसुकै बाटो वा जुनसुकै समयमा गुड्दा पावर समस्या हुँदैन । तर, आधुनिक गाडीहरुमा बाटोको अवस्था कम्प्यूटरले मोनिटर गरेर आवस्यकता अनुशार अगाडि, पछाडि, सार्इडको चक्काहरूमा जहाँ आवस्यकता पर्छ त्यहाँ पावरदिने काम गर्छ ।
यो अप्सनभएको गाडीले हिउँपरेको, चिप्लो वा चिसो भिजेको बाटाहरुमा एकदमै राम्रो काम गर्छ । यो गाडीको फ्युलको माईलेज फोरह्वील ड्राईभको दाँजोमा कम हुने गर्छ । किनकि चारवटै चक्कालाई घुमाउन इन्जीनले धेरै पावर जेनेरेट गर्नुपर्ने हुन्छ ।
4WD (फोरह्वील ड्राईभ)
सामान्यतया फोरह्वीलड्राईभ सुन्दा चारवटै चक्काले ड्राईभ गर्ने भन्ने बुझिन्छ तर, वास्तवमा त्यस्तो होइन । यसमा फोरह्वीलड्राईभ अर्थात चारवटै चक्कामा पावर दिएर गुडाउने अप्सन राखिएको हुन्छ ।
सामान्य अवस्थामा गाडीलाई दुईवटा चक्काको पावरले मात्र गुडाई रहेको हुन्छ । तर हिलो, कच्चि तथा एकदमै उकालो बाटोहरुमा फोरह्वील ड्राईभको अप्सन अन गरिन्छ, जसले गर्दा चारवटै चक्कामा समान पावर दिन्छ र गाडि सजिलै अघि बड्छ ।
यसको प्रयोग छोटो समयको लागि कम स्पिडमा गाडी चलाउदा र सिधा बाटाहरुमा उपयुक्त हुन्छ किनकि यसले गाडीलाई गरुङ्गगो बनाउने र इन्धन बढि खपत गराउँछ ।