यी ८ कार जसको मूल्य किनेको ३ बर्षमा ५२ प्रतिशतसम्मले घट्छ

काठमाडौं । कुनै पनि वस्तु उपयोग गरिसकेपछि त्यसको मूल्यमा कटौती हुँदै जान्छ र निश्चित अवधिपछि त्यसको मूल्य शून्य हुन्छ । यो कुरा सवारीसाधनमा समेत लागू हुन्छ । 

आइसिकारस् डटकमले गरेको अध्ययनअनुसार औसत सवारीको डिप्रिसिएसन तीन वर्षपछि ३५ प्रतिशतका दरले घट्छ । तर, त्यो दरको डिप्रिसिएसन गिरावट सबै सवारीमा भने लागू हुँदैन । धेरै डिप्रिसिएटिङ सवारीले ३ वर्षको अवधिमा ४६ देखि ५२ प्रतिशत भ्यालू गुमाउँछन् । 

आइसिकारस् डटकमले यो अध्ययनमा ४ करोडभन्दा बढी कार बिक्रीको विश्लेषण गरिएको जनाएको छ । तीन वर्षमा धेरै मूल्य गुमाउने सवारीहरूबारे उल्लेख गरिएको छ । त्यस्मा सबै भन्दा बढी मूल्यमा ह्रास अाउने ८ कारहरू यस्ता रहेका छन् ।

अडी ए–३

अडी ए–३ को मूल्य ३ वर्षमा ४७.९ प्रतिशत घट्यो अर्थात् यो कारको डिप्रिसिएसन उक्त प्रतिशतले कमी आयो । प्रयोग भइसकेको कारमा यस्तो दूर केही बढी हुने पाइएको उक्त अध्ययनमा उल्लेख छ । प्रयोग भएको तीन वर्ष पुरानो अडी ए–३ कार करिब २१ हजार १२० डलरमा पाइन्छ । 

फक्सवागन जिटा

फक्सवागनको जिटा ३ वर्षमा ४८.१ प्रतिशतले डिप्रिसिएटस् हुनेछ । ती वर्ष प्रयोग भएको यो कार करिब १३ हजार १५७ अमेरिकी डलरमै पाइनेछ । 

क्रिसलर २००

क्रिसलर २०० कार यति सस्तो मूल्यमा पाइन्छ कि तपाईंले पत्याउनै नसक्ने किसिमको हुन्छ । तीन वर्ष पुरानो क्रिसलर २०० को मूल्य १४ हजार ११ डलरमात्र रहेको छ वा भनौँ उक्त मूल्यमै खरिद गर्न सकिन्छ । यो कारको डिप्रिसिएसन ४८.४ प्रतिशतले गिरावट आएको देखिन्छ, ३ वर्षमा । 

फोर्ड टउरस

क्रिसलर २०० जस्तै फोर्ड टउरस डिप्रिसिएसन निक्कै धेरै कटौती हुने गरेको छ । त्यसैले अमेरिकी कार निर्माता कम्पनी फोर्डले टउरसको सेडान सेगमेन्टको उत्पादन नै बन्द गरिसकेको छ । ३ वर्ष पुरानो टउरसको १८ हजार ९८ अमेरिकी डलरमै पाइन्छ । यो कारले ३ वर्षमा ४९.७ प्रतिशत मूल्य गुमाएको देखिन्छ । 

बीएमडब्लू थ्री सिरिज

बीएमडब्लूको थ्री सिरिजको कार बजारमा निक्कै चर्चित रहेको छ । तर, ३ वर्ष पुरानो यो कारको डिप्रिसिएसन ४९.८ प्रतिशतसम्म कटौती हुने गरेको छ । ती वर्ष प्रयोग भएको यो कारको मूल्य २४ हजार २४ डलरसम्ममात्र हुने गरेको छ । 

मर्सिडिज ई–क्लास

अनपेक्षितरुपमा मर्सिडिज बेञ्ज सी–क्लास यो सूचीमा देखिएको छैन । त्योभन्दा महंगो ई–क्लास मोडल यो सूचीमा देखिएको छ । तीन वर्षपछि मर्सिडिज बेञ्ज ई–क्लासको मूल्य ३४ हजार १० डलर हुने गरेको छ । यो ३ वर्षमा ४९.९ प्रतिशतको डिप्रिसिएसन हो । 

फक्सवागन पसाट

फक्सवागनको मिडसाइज सेडानले ३ वर्षमा आफ्नो भ्यालू ५०.७ प्रतिशतले गुमाएको छ । ३ वर्ष प्रयोग भएको फक्सवागनको पसाट १४ हजार ९ सय ६ डलरमै पाइन्छ ।

बीएमडब्लू ५ सिरिज

सबैभन्दा धेरै डिप्रिसिएसन कटौती हुने कारमा बीएमडब्लूको ५ सिरिज रहेको छ । यो कारले ३ वर्षमा ५२.६ मूल्य गुमाएको छ । यो अन्य सवारीले गुमाएको मूल्यको तुलनामा १.५ गुणा धेरै हो । प्रयोग भएको बीएमडब्लू ५ सिरिज ३० हजार ८ सय ४६ डलरमा बजारमा पाइन्छ ।


Back_to_top