म्याक लुब्रिकेन्ट्सले ल्यायो प्रयोग अनुसारको कलरमा प्याकेजिङ

काठमाण्डौ । भारत पेट्रोलियम कर्पोरेशन लिमिटेड (विपिसिएल) का अध्यक्ष तथा म्यानेजिङ डाईरेक्टर डि. राजकुमार र सिप्रदी ट्रेडिङ्ग प्रालिका कार्यकारी निर्देशक सद्धार्थ शम्सेर जबराले शनिबार काठमाडौंमा म्याक लुब्रिकेन्ट्सको पूर्ण नयाँ प्याकेजिङ रेन्जको शुभारम्भ  गरे  । 

सिप्रदी ट्रेडिङ्ग म्याक लुब्रिकेन्ट्सको लागि नेपालको आधिकारिक विक्रेता हो । नयाँ प्रविधि र वस्तुको कार्यगत क्षमताबाट उत्प्रेरित भएर आएको नयाँ प्याकमा भविष्यवादी जेन–एक्स प्रोफाईल भएकोले यसले बजारमा आफ्नो स्थान ओगट्ने कम्पनीको दाबी छ । 

नयाँ भविष्यलाई अंगाल्ने योजना अनुसार म्याक लुब्रिकेन्ट्सले सारै आकर्षक र नयाँ डिजाईनमा पूर्णरुपमा नयाँ रेन्जको प्याकेजिङको सुरुवात गरेको कम्पनीको दाबी छ । 

नयाँ प्याकहरु रातो, गोल्ड, नीलो ग्रे र ग्रिन गरि चार कलरमा उपलब्ध छ । यी कलरले क्रमस पेट्रोल इन्जिन, पेट्रोल इन्जिनको प्रिमियम सेग्मेन्ट, डिजेल इन्जिन साथै गियर आयलको लागि  र कृषि सामग्री लागि जनाउँछ । 


Back_to_top