काठमाडौं । विद्युतीय सवारीसाधनमा २० प्रतिशत डाउन पेमेन्ट गर्दा पुग्छ । तर, तपाईसँग डाउन पेमेन्ट गर्न २० प्रतिशत रकम पनि पुग्दैन भने पनि तपार्य इलेक्ट्रीक एसयूभी चढ्न सक्नु हुन्छ ।
सिजी मोटर्सले आधिकारीक रुपमा बिक्री गर्दै आएको एवोन वाई मोडलमा १० प्रतिशत रकम डाउन पेमेन्ट वापत बुझाएपनि तपाईले कार घर लान सक्नुहुन्छ । चिनियाँ ब्राण्ड जीएसीको इलेक्ट्रीक ब्राण्ड एवोनले उत्पादन गरेको ५ सिट क्षमताको बहुउपयोगी क्रसओभर मोडल किन्न चाहनेले सुरुमा १० प्रतिशत र त्यसको दुई महिनापछि १० प्रतिशत गरेर डाउन पेमेन्ट वापतको रकम तिर्न सक्नेछन् ।

‘उपभोक्तालाई सहज होस् भनेर हामीले डाउन पेमेन्ट पनि दुई किस्तामा तिर्ने ब्यवस्था गरेका हौं । यसरी गाडी किन्दा १०/१० प्रतिशत रकम दुई पटक तिर्न सकिन्छ । सुरुको १० प्रतिशत बुझाएर गाडी चढ्न सकिन्छ भने बाँकी १० प्रतिशत दुई महिना भित्र बुझाउनु पर्छ’, कम्पनी स्रोतले भन्यो ।
जीएसी एवोन वाई मोडलमा ६१.५ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री दिइएको छ । उक्त ब्याट्रीलाई फुल चार्जपछि ५०० किलोमिटर चलाउन सकिने कम्पनीको दावी छ ।
सिजी मोटर्सका अनुसार यो गाडीलाई भ्यालू फर मनी, उत्कृष्ट डिजाइन र कम्फर्ट, पावर हाउस ब्याट्री टेक्नोलोजीको मिश्रण भनेको छ । यसको लम्बाई ४५३५ एमएम, चौडाई १८७० एमएम र उचाई १६५० एमएम छ । यसमा २७५० एमएम लामो ह्वीलवेस दिइएको छ ।
कम्पनीले यसमा ९९ किलोवाट पीकपावर क्षमताको इलेक्ट्रीक मोटर दिएको छ भने पीकटर्क २२५ एनएम रहेको छ । कारमा किलेस इन्ट्री, आइप्याडल, १०.२५ इन्चको इन्ट्रुमेन्ट क्लष्टर, १४.६ इन्चको विशाल टचस्कृन, ६ स्पीकर, पीएम २.५ एयर फिल्टर जस्ता फिचर उपलब्ध छ ।
सुरक्षाको लागि डेढ दर्जन फिचर समाबेस भएको एवोन-वाईमा टायर प्रेसर मोनिटर, एबीएस, इएसपी, ब्रेकिङ इमर्जेन्सी रिकभर सिस्टम, ६ वटा एयरव्याग, अटो होल्ड, क्रुज कन्ट्रोल, रियर पार्किङ सेन्सर र ३६० डिग्री क्यामेरा पाउन सकिन्छ ।

