काठमाडौं । सरकारले हवाई सेवा विस्तारका लागि १५ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा उक्त रकम व्यवस्था गरेको बताएका छन् ।
देशका विभिन्न स्थानमा रहेको विमानस्थनहरु निर्माणमा उक्त रकम खर्च गरिने छ । राती समेत विमान अवतरण तथा उडान गर्न सकिने गरि आन्तरिक विमानस्थनहरुलाई स्तरोन्नति गरिने छ ।
त्यस्तै काठमाडौं आसपासमा आन्तरिक विमान स्थल निर्माण गर्न र सुर्खेतमा विमानस्थल निर्माणको संभाव्यता अध्ययन गरिने छ । त्यसका लागि उपयुक्त स्थानको खोजी गरिने बजेटमा उल्लेख छ ।


