१८ सहरमा रोयल इनफिल्डको डिलर माग, ७ दिन भित्र आवेदन दिन सकिने

सांकेतिक तस्विर

काठमाडौं । रोयल इनफिल्ड मोटरसाइकलको डिलर परिर्वतन भएसँगै कम्पनीले नयाँ डिलरहरु माग गरेको छ । रोयल इनफिल्डले २० वर्षभन्दा लामो दुगड समूहसँगको ब्यवसायीक सम्बन्धलाई अन्त्य गरेर त्रिवेणी ग्रुप अन्तर्गतको अल्फा अटोमोटीभ्सलाई डिलर नियुक्त गरेको हो ।

अल्फा अटोमोटीभ्सले रोयल इनफिल्डका मोटरसाइकल आगामी मे ८ देखि आधिकारिक रुपमा विक्री सुरु गर्ने छ । त्यसका लागि कम्पनीले देशका मूख्य सहरहरुमा डिलर माग गरेको हो ।

कम्पनीले विर्तामोड, विराटनगर, राजविराज, लहान, विरगंज, हेटौडा, काठमाडौं, भक्तपुर, लेखनाथ, स्याङजा, बाग्लुङ, दमौली, भैरहवा, कपिलवस्तु नेपालगञ्ज, गुलरिया, टीकापुर र धनगडी गरेर १८ स्थानमा डिलरका लागि आह्वान गरेको छ ।

अल्फा अटोमोटीभ्सले डिलरका लागि मार्च ३१ भित्र कम्पनीको वेवसाइटमा रजिष्टर हुन समेत भनेको छ ।

अल्फा अटोमोटिभले नेपाली बजारमा रोयल इनफिल्डका क्लासिक ३५०, इलेक्ट्रा, सिग्नल्स, मेटीअर, हिमालयन, कन्टिनेन्टल जिटी र इन्टरसेप्टर लगायतका मोडलहरु बिक्रि वितरण गर्ने विज्ञप्तीमा उल्लेख गरेको छ ।


Back_to_top