काठमाडौं । चिनियाँ सरकारी अटोमोबाइल कम्पनी एसएआइसी र अलिबाबाले संयुक्त रूपमा विकास गरेको आइएम मोटर्सले फुल साइज एसयूभी बजारमा ल्याउने भएको छ । कम्पनीले ल्याउने एलएस-नाइन मोडल फुल साइज एसयूभीको रूपमा बजारमा आउने भएकाे हाे ।
एसएआइसी र अलिबाबा मिलेर बनाएको आइएम ब्राण्डको एलएस-सिक्स मोडल नेपाली बजारमा पनि आइसकेको छ । पारामाउन्ट मोटर्सले आधिकारिक बिक्रेताको रूपमा एलएस-सिक्स नेपाल ल्याएको हो । त्यसैले नयाँ आउने फुल साइज एसयूभी पनि नेपाल आउने अनुमान गर्न सकिन्छ ।
एसएआइसी ग्रुपले प्रत्यक्ष हेर्ने आइएम ब्राण्डमा अहिले चार मोडल छन् । जसमा दुई सेडान एल-सिक्स र एल-सेभेन तथा दुई क्रसओभर एलएस-सिक्स र एलएक्स-सेभेन हुन् ।
आइएस मोटर्सले नयाँ एसयूभी एलएस-नाइन अहिले सडकमा परीक्षण गरिरहेको तस्बिरहरू बाहिर आएका छन् । बाहिर आएका तस्बिरमा देखिए अनुसार यसको इन्टेरियरमा ओभल सेपको टु स्पोक स्टेरिङ ह्वील, दुईवटा वायरलेस चार्जर, दुईवटा कप होल्डर र स्पेसियस कम्पार्टमेन्ट देखिएको छ । यो एसयूभीको सेन्टर कन्सोलम ठूलो साइजको मोनिटर रहेको छ ।

बाहिरबाट हेर्दा एलएस-नाइनको स्लान्टेड रुफलाइन, लाइडार सेन्सर, रिट्रयाक्टेबल डोर ह्याण्डल र ५ स्पोक अलोय ह्वील देखिन्छ । यसमा क्लोजअफ फ्रन्ट बम्पर, लोअर पार्टमा स्मल एयर इनटेक र वाई आकारको हेडलाइटसँगै एलईभी स्ट्रीप लाइट देखिन्छ ।
आइएम मोटरले एलएस-नाइनलाई ‘आईओ ओरिजिन आर्किटेक्चर’मा बनाउने अनुमान गरिएको छ । उक्त प्लेटफर्म बीईभी र ईआरईभी दुवै भेकिलको लागि उपयुक्त हुने कम्पनीले जनाएको छ । एलएस-नाइनको बीईभी भर्सनमा ड्युल मोटर सेटअप रहने छ । जसको पावर ५०० किलोवाटसम्म हुनेछ ।

