अल न्यू टिगोरको नेपालमा बुकिङ सुरु, यस्तो छ मूल्य

काठमाडौं । सिप्रदी ट्रेडिङले टाटा टिगोर फेसलिफ्टको बुकिङ ओपन गरेको छ । भारतीय बजारमा गत अक्टोबरको पहिलो हप्ता लन्च गरिएको अल न्यू टिगोर नेपालमा चाँडै सार्वजनिक गर्ने तयारी अनुरुप प्रि–बुकिङ सुरु गरिएको हो ।

कम्प्याक सेडानको रुपमा बिक्री वितरण हुँदै आएको टिगोरमा थुप्रै नयाँ फिचरहरुको साथ बजारमा आउँदै छ ।

नयाँ एक्टेरियर 

अल न्यू टिगोरको फ्रन्टमा नयाँ  डायमण्ड सेप ग्रिल लगाईएको छ । यसमा डियुल च्याम्बर प्रोजेक्टर हेडल्याम्प दिइएको छ । जसमा क्रोम फिनीसीङ समेत दिएको छ । यसको फगल्याम्प बम्परमा दिइएको छ भने, बम्परमा पनि क्रोम फिनीसीङ दिइएकाले पुरानोको तुलनामा नयाँ टिगोर अझ आकर्षक बनाएको छ ।

नयाँ टिगोरमा १५ इन्चको डियुल टोन एलोय ह्वील दिइएको छ, यसले कारलाई अझ प्रिमियम बनाएको छ । यसको पछाडि क्रिस्टल इन्सपायर्ड एलइडी टेलल्याम्प तथा रियर वीन सिल्डमा एलइडी हाई माउन्टेड स्टप ल्याम्प लगाइएको छ ।

इन्टेरियरमा नयाँ फिचर 

यसको क्याविनमा नयाँ लेदरको अपहोल्सटरमा फ्रेब्रीक इन्सर्ट डोर टिममा प्रयोग गरिएको छ । यसको एयरभेन्ट र इम्फोटेन्मेन्ट सिस्टरको वरिपरि क्रोमको प्रयोग गरेको छ । अहिलेको मोडलमा भित्र पट्टि कालो र ग्रे कलरको स्किम प्रयोग गरेको छ ।

यसको टप भेरियन्टमा हर्मनको ७ इन्चको इन्फोटेन्मेन्ट सिस्टम दिइएको छ, जसमा एन्ड्रोइड अटो तथा भिडियो प्लेब्याकको सुविधा रहेको छ । टिगोर फेसलिप्mटमा गाईड–वेसहितको रिभर्स पार्किड क्यामरा रहेको छ ।

अन्य फिचरहरुमा फुल्ली अटोमेटिक टेम्प्रेचर कन्ट्रोल सिस्टम, इलेक्ट्रीकल्ली एड्जस्टेबल तथा अटो फोल्डिड विन्ड मिरर रहेका छन् । यसमा कुल्ड ग्लोभ बक्सको साथै हाइट एडजस्टेबल ड्राइभर सिट समेत रहेको छ ।

४१९ लिटरको बुट स्पेस रहेको कारमा डियुल एयरव्याग, एबीएस, सिटबेल्ट रिमाइन्डर तथा इबीडी स्ट्याडर्डको रुपमा सबै भेरियन्टमा रहेको छ ।

इन्जिन

टिगोर फेसलिफ्टमा पुरानै १.२ लिटरको रेभल्टन पेट्रोल तथा १.५ लीटरको रेभोटर्क डिजल इन्जिन रहेको छ । पेट्रोल इन्जिनले ८४ बीएचपी पावर तथा ११४ एनएम टर्क उत्पादन गर्छ भने डिजेल भर्सनले ६९ बीएचपी पावर तथा १४० एनएम टर्क उत्पादन गर्छ । टिगोर पेट्रोल भर्सन अटोमेटिक ट्रासमिसनमा पनि उपलब्ध रहेको छ ।

मूल्य

यसको नेपाली बजारमा सुरुवाति मूल्य २४ लाख ९५ हजार रुपैया रहेको छ ।


Back_to_top