बाइकको नयाँ मूल्यसूची, यस्ता छन् दुईलाख भन्दा सस्ता बाइक

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत् सवारीसाधनको सीसीको आधारमा अन्तशुल्क र सडक मर्मत शुल्कमा वृद्धि गरेपछि नेपालमा मोटरसाइकलको मूल्य निकै  वृद्धि भयो । यद्यपी नेपाली बजारमा अझै २ लाखभन्दा कम मूल्यमा मोटरसाइकल खरिद गर्न सकिन्छ ।

हामीले नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालले मंसिरमा प्रकाशित गरेको सवारीसाधनको अधिकतम् मूल्यसूचीका आधारमा नेपाली बजारमा उपलब्ध सस्ता मोटरसाइकलकाबारेमा चर्चा गरेका छौँ ।

होन्डा कम्पनीको लागि नेपालको आधिकारिक वितरक स्याकार ट्रेडिङ्ग कम्पनी प्राइभेट लिमिटेडले सस्तो मोटरसाइकलस्वरुप ११० सीसी क्षमताको होन्डा डीएलएक्स बेच्दै आएको छ । यसको बजार मूल्य १ लाख ७० हजार ९ सय रुपैयाँ रहेको छ । त्यस्तै, १२५ सीसी सेग्मेन्टअन्तर्गत कम्पनीले २ लाख २ हजार ९ सय मूल्यको होन्डा सीबी साइन डीआरएस बिक्री गर्दैआएको छ ।

त्यस्तै, यामाहाको आधिकारीक बिक्रेता एमए–डब्ल्यू इन्टरप्राइजेजले बिक्री गर्ने सस्तो मोटरसाइकल हो यामाहा सलुटो । १२५ सीसी क्षमताको सलूटो–ड्रम १ लाख ८७ हजार ९ सय, सलूटो–डिस्क १ लाख ९२ सय ९ सय रुपैयाँमा बिक्री गर्दैआएको छ ।

बजाजका आधिकारीक वितरक हन्सराज हुलास चन्द एन्ड कर्पाेरेट प्राइभेट लिमिटेडले पनि दुई लाखभन्दा कम मूल्यका मोटरसाइल बिक्री–वितरण गर्दैआएको छ । कम्पनीले प्लाटिना–१०० डीएक्सलाई १ लाख ६३ हजार ९ सय, डिस्कभर–१२५ ड्रम १ लाख ७९ हजार ९ सय, डिस्कभर–१२५ डिस्क १ लाख ८७ हजार ९ सय, डिस्कभर १२५ एसटी १ लाख ९८ हजार ९ सय र बजाज भी १२, १ लाख ७९ हजार ९ सय रुपैयाँमा बिक्री वितरण गर्दैआएको छ ।

हिरोका लागि नेपालको आधिकारीक वितरक नेपाल जनरल मार्केटिङ्ग प्राइभेट लिमिटेडले सस्तो मोटरसाइकलस्वरुप हिरो स्पेन्डर–प्लस बीएस आईएभीलाई १ लाख ७३ हजारमा बिक्री गर्दैआएको छ । त्यस्तै, कम्पनीले हिरो स्प्लेन्डर हिरो १ लाख ६१ हजार ५ सय, स्प्लेन्डर आई स्मार्ट १००, १ लाख ६२ हजार ५ सय, हिरो स्प्लेन्डर आई स्मार्ट बीएसभीआई १ लाख ८० हजारमा रुपैयाँमा बिक्री गर्दैआएको छ ।

त्यस्तै, हिरो प्यासन प्रोको मूल्य १ लाख ७८ हजार रहेको छ भने हिरो स्प्लेन्डर आईथ्रीएस बीएसआईभी–१२५ सीसीको मूल्य १ लाख ९० हजार ५ सय, हिरोे ग्लामर डीएसएस बीएसभीआईभीको मूल्य १ लाख ९८ हजार र हिरो ग्लामर डीआरएस भी–१२५ सीसीको मूल्य १ लाख ९६ हजार ५ सय रहेको छ ।

यसैबीच, रनर मोटरसाइकलको आधिकारीक वितरक रमन मोट्र्स प्राइभेट लिमिटेडले बुलेट–१२५ सीसी मोटरसाइकल १ लाख ९५ हजारमा बिक्री गर्दैआएको छ । त्यस्तै, रनर काइट प्लसको मूल्य १ लाख ८९ हजार रहेको छ भने रनर रोयलको मूल्य १ लाख ८९ हजार, रनर चेताको मूल्य १ लाख ६९ हजार, रन एडी ८० डिलक्सको मूल्य १ लाख ६५ हजार रनरन बाइक आरटीको मूल्य १ लाख ५२ हजार रुपैयाँ रहेको छ ।

टीभीएसको आधिरकारीक वितरक जगदम्बा प्राइभेट लिमिटेडले फोनिक्स रिफ्रेश १२५ सीसी १ लाख ८५ हजार ९ सय, टीभीएस स्ट्राकर १२५ सीसी १ लाख ८६ हजार ९ सय, भिक्टोर एक्स ड्रम १ लाख ६७ हनार ९ सय, टीभीएस स्टासिटी प्लस १ लाख ६२ हजार ९ सय र टीभीएस स्टार स्पोट्र्स १ लाख ५६ हजार ९ सय रुपैयाँमा बिक्री–वितरण गर्दैआएको छ । मोटरसाइकलप्रति रुची राख्ने तर, सरकारको कर नीतिको कारण समस्यामा परेका ग्राहकले सस्तो मूल्यमा नै मोटरसाइकल चढ्न सक्नेछन् । 


Back_to_top