बुटवलमा अपाचे रेसिङ क्वालिफायर्स सम्पन्न, ३ फाइनलिस्ट छनोट

बुटवल । बुटवलमा अपाचे रेस एक्सपेरियन्स (एआरई) जीपी रेसिङ क्वालिफायर्स सम्पन्न भएको छद ।

नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले तिलोत्तमा ५, मणिग्रामस्थित गौराङ्ग इजी वे ट्रायल सेन्टरमा अपाचे रेस एक्सपेरियन्स (एआरई) जीपी रेसिङ क्वालिफायर्सको सम्पन्न गरेको हो ।

बुटवल अडिसनबाट एआरई जीपी ग्राण्ड फिनालेका लागि ३ जना रेसर छनोट भएका छन् । १६० सीसी वर्गको प्रतिस्पर्धात्मक रेसमामा ३४.०७ सेकेण्डको समय निकाल्दै धीरज बिक विजेता बने । त्यस्तै, ३४.६२ सेकेण्डसहित अभिषेक पन्थी प्रथम उपविजेता र ३४.८७ सेकेण्डसहित अरिक श्रेष्ठ द्वितीय उपविजेता घोषित भए ।

यी तीन राइडरले एआरई जीपी ग्राण्ड फिनालेमा बुटवलको प्रतिनिधित्व गर्दै काठमाडौं, नेपालगञ्ज, इटहरी र पोखराका शीर्ष क्वालिफायर्ससँग प्रतिस्पर्धा गर्नेछन्।

ग्राण्ड फिनालेको १६० सीसी र २०० सीसी वर्गमा प्रथम स्थान हासिल गर्ने विजेताहरूले भारतको मद्रास इन्टरनेसनल सर्किटमा हुने अन्तर्राष्ट्रिय रेसिङमा ५० भन्दा बढी देशका राइडरहरूसँग नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछन्। त्यहाँ सफल हुने राइडरहरूले थप अन्तर्राष्ट्रिय रेसिङमा सहभागी हुने अवसर प्राप्त गर्नेछन् भने यात्रा तथा आवासको सम्पूर्ण खर्च जगदम्बा मोटर्स र टीभीएस मोटर कम्पनी भारतले व्यहोर्नेछन्।

बुटवल क्षेत्रका लागि टीभीएसको आधिकारिक डिलर बालाजी अटोमोबाइल्ससँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा क्षेत्रका उदीयमान राइडर, मोटरस्पोट्र्सप्रेमी तथा एमेच्योर रेसरहरूले व्यावसायिक रेस प्रशिक्षण र प्रतिस्पर्धात्मक रेसिङसहितको पूरा दिन बिताएका थिए।

कार्यक्रममा बुटवलबाट अत्यन्तै उत्साहजनक प्रतिक्रिया प्राप्त भएको थियो र क्षेत्रभरका राइडरहरूले ग्रिडमा आफ्नो स्थान सुरक्षित गर्न होडबाजी गरेपछि ७६ जना सहभागी पुगेसँगै दर्ता प्रक्रिया रोक्नुपरेको थियो। यस सहभागिताले बुटवलमा मोटरस्पोट्र्सप्रतिको गहिरो र बढ्दो रुचि तथा पहिचान हुन तयार प्रतिभाहरूको ठूलो समूह रहेको पुष्टि गरेको छ।

सहभागीहरूले पूर्व एआरई जीपी नेपाल विजेता तथा मद्रास इन्टरनेसनल सर्किटका विजेता सुजन थापा मगर र ट्र्याक तथा टार्मेक रेसिङमा चार पटककी राष्ट्रिय च्याम्पियन नवाङ मोक्तानबाट प्रशिक्षण प्राप्त गरेका थिए।

कार्यक्रमको सुरुवात राइडिङ पोस्चर, कर्नरिङ प्रविधि, लिनिङ, ब्रेकिङ र भिजन कन्ट्रोलसम्बन्धी विस्तृत सैद्धान्तिक कक्षाबाट भएको थियो। त्यसपछि प्रशिक्षकहरूको निर्देशनमा राइडरहरूले गहन अन ट्रयाक ड्रिलमार्फत सिकेका कुराहरूको अभ्यास गर्दै आफ्नो नियन्त्रण, आत्मविश्वास र रेसिङ सीपलाई निखारेका थिए।


Back_to_top