पोखरामा एसएमएल महिन्द्राको फ्री सर्भिस क्याम्प सम्पन्न

पोखरा । लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले पोखरामा एसएमएल महिन्द्राको निःशुल्क फ्री सर्भिस क्याम्प सम्पन्न गरेको छ ।

कम्पनीले असोज १५ गतेदेखि असोज १८ गतेसम्म उक्त क्याम्प संचालन गरेको हो । ग्राहकलाई नियमित सर्भिसिङप्रति प्रोत्साहित गर्ने, भेहिकल्सको टेक्निकल्ली कन्डिसन जाँच गर्ने, आवश्यक मेन्टेनेन्सबारे जानकारी उपलब्ध गराउने तथा अफ्टर सेल्स सर्भिसलाई थप प्रभावकारी बनाउने उद्देश्यले क्याम्प आयोजना गरिएको हो।

कम्पनीका अनुसार क्याम्पमा १०० भन्दा बढी एसएमएल महिन्द्राका कमर्सियल भेहिकल्स सहभागी भएका हुन् । पोखरा केन्द्रित रहेर आयोजना गरिएको क्याम्पमा गोर्खालगायत आसपासका क्षेत्रका कष्टमर तथा भेहिकल्सले समेत सहभागिता जनाएका थिए।

क्याम्पअन्तर्गत कष्टमरलाई लेबर चार्जमा ५० प्रतिशत, लुब्रिकेन्टमा १५ प्रतिशत तथा स्पेयर पाट्र्समा १५ देखि २० प्रतिशतसम्म डिस्काउन्ट उपलब्ध गराइएको थियो। साथै, सहभागी भेहिकल्सको टेक्निकल्ली इन्स्पेक्सन तथा कष्टमरका लागि आकर्षक गिफ्टको व्यवस्था गरिएको थियो।

बीएस ६ प्रविधि र आधुनिक भेहिकल अप्रेसनमा जोड

कमर्सियल भेहिकल्सको क्षेत्रमा इन्भायरोमेन्टल इम्प्याक्ट न्यूनीकरण, फ्युल इफिसिएन्सी, सेफ्टी र अपरेसनल कस्ट म्यानेजमेन्ट महत्वपूर्ण विषय बन्दै गएका छन्। यस सन्दर्भमा बीएस ६ इमिसन स्ट्यान्डड्र्सले भेहिकल्सबाट निस्कने हानिकारक पोल्युटेन्ट्सको मात्रा घटाउन महत्वपूर्ण भूमिका खेल्छ। आधुनिक इन्जिन तथा इमिसन कन्ट्रोल सिस्टममा आधारित बीएस ६ प्रविधिले कमर्सियल भेहिकल्सलाई थप इको(फ्रेन्डली बनाउने दिशामा योगदान पुर्याउँछ।

एसएमएल महिन्द्राका नयाँ पुस्ताका भेहिकल्समा उपलब्ध इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल ९भ्क्ऋ०, हिल स्टार्ट असिस्ट, मल्टी(इन्फर्मेसन मिटर क्लस्टर, गियर कोचिङ सिस्टम तथा पावर एन्ड इकोनोमी ड्राइभिङ मोड्स जस्ता प्रविधिले भेहिकल अपरेसनलाई थप व्यवस्थित बनाउन सहयोग गर्छन्।

यी प्रविधिले भेहिकल कन्ट्रोल, उकालोमा सहज स्टार्ट, ड्राइभरलाई आवश्यक इन्फर्मेसन उपलब्ध गराउने तथा ड्राइभिङ बिहेभियर सुधार गर्न सहयोग र्पुयाउँछन्। सम्बन्धित फिचरको उपलब्धता भने मोडल तथा भेरियन्टअनुसार फरक हुन सक्छ।

आधुनिक बीएस ६ भेहिकल्समा इन्जिन तथा इमिसन कन्ट्रोल सिस्टमको उचित अपरेसनका लागि नियमित सर्भिसिङ महत्वपूर्ण हुन्छ। समयमै लुब्रिकेन्ट परिवर्तन, फिल्टर तथा ब्रेकको जाँच, आवश्यक टेक्निकल्ली इन्स्पेक्सन र उपयुक्त स्पेयर पाट्र्सको प्रयोगले भेहिकलको पर्फोमेन्स कायम राख्न तथा सम्भावित प्रब्लम समयमै पहिचान गर्न सहयोग पुर्याउँछ।

यसैलाई ध्यानमा राख्दै आयोजना गरिएको सर्भिस क्याम्पले कष्टमरलाई आफ्ना भेहिकल्सको टेक्निकल्ली कन्डिसन बुझ्ने, आवश्यक मेन्टेनेन्सबारे जानकारी लिने तथा भेहिकलको नियमित केयरसम्बन्धी टेक्निकल काउन्सिलिङ प्राप्त गर्ने अवसर प्रदान गरेको थियो।

लक्ष्मी कमर्सियल भेहिकल्स प्रालि नेपालमा एसएमएल महिन्द्राका कमर्सियल भेहिकल्सको एकमात्र डिस्ट्रिब्युटर हो। कम्पनीले बस, ट्रक तथा अन्य कमर्सियल भेहिकल्सको सेल्ससँगै सर्भिसिङ, स्पेयर पाट्र्स र टेक्निकल सपोर्टमार्फत ग्राहकलाई सर्भिस प्रदान गर्दै आएको छ।


Back_to_top