काठमाडौं । अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर भारतमा सार्वजनिक भएको छ । कम्पनीले अप्रिलिया एसआर १६० को रिप्लेसको रूपमा एसआर १७५ स्कुटरसालाई भारतीय बजारमा उपलब्ध गराएको हो ।
कम्पनीले बजारमा १ लाख २६ हजार भारतीय रुपैयाँ (एक्स शोरुम) मूल्य तोकेर नयाँ एसआर १७५ को बिक्री सुरू गरेको हो । नयाँ एसआर १७५ एसआर १६० को तुलनामा ८ हजार कम रुपैयाँ मूल्यमा बजारमा उपलब्ध भएको छ ।
नयाँ एसआरमा प्रयोग गरिएको चेसिस फ्रेम र अन्य केही कम्पोनेन्टहरू एसआर १६० मा भएकै पाउन सकिन्छ भने यसको डिजाइनमा पनि कुनै परिवर्तन गरिएको छैन ।
आकर्षक भाइब दिने नयाँ डेकल्स, एग्रेसिभ रेसिङ स्पोर्ट कलर लाइन पुरानोसँगै नयाँ कलर अप्सनमा बजारमा आएको एसआर १७५ को ककपिट लेभल र टेक्निकल पार्टसहरू नयाँ छन् ।

यसमा अधिकतम ७ हजार २०० आरपीएममा १३.८ ब्रेकहर्स पावर दिने र ६००० आरपीएममा १४.१४ एनएम पिक टर्क जेनेरेट गर्ने १७४.७ सीसीको सिंगल सिलिण्डर इन्जिन दिइएको छ ।
कम्पनीले आफ्नो अप्रिलिया रेसिङ डिएनए डिजाइनलाई यथावत राख्दै नयाँ एसआर १७५ स्कुटरमा अप्रिलियाको टुनो ४५७ मोटरसाइकलमा रहेको ५.५ इन्चको नयाँ कलरफुल टीएफटी डिस्प्ले दिएको छ ।
यसका साथै, सकुटरमा सीभीटी सिस्टम, अप्रिलिया एप सहितको ब्लूटुथ कनेक्टिभिटी सिस्टम, पूरा एलईडी लाइट सेटअप, १४ इन्चको अलोय ह्वील, ट्युबलेस टायर, डिस्कब्रेक, सिंगल च्यानल एबीएस र सस्पेन्सन सेटअपमा अगाडि टेलिस्कोपिक फोर्क र रियरमा मोनोसक पाउन सकिन्छ ।

