ट्रायल पास गराइदिन्छु भन्दै पैसा माग्ने यातायातका कर्मचारी पक्राउ

काठमाडौं । सेवाग्राहीलाई लाइसेन्सको ट्रायल पास गराइदिन्छु भन्दै पैसा मागेको आरोमा यातायात कार्यालयका कर्मचारी पक्राउ परेका छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कास्कीमा कार्यरत कार्यालय सहयोगी दीपक पौडेललाई ७ हजार रुपैयाँ नगद सहित नियन्त्रणमा लिएको हो ।

अख्तियारका अनुसार पौडेलले सेवाग्राहीसँग अनलाइन फारम भरीदिने, लिखित परीक्षा उत्तीर्ण गराई ट्रायल परीक्षामा समेत पास गरिदिने भनी घुस रिसवत बापत रकम मागेको सूचनाको आधारमा ७ हजार रुपैयाँ नगदसहित रंगेहात नियन्त्रणका लिइएको हाे ।

उनी माथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।


Back_to_top