काठमाडौं । अप्रिलिया एसआर १६० स्कुटर सार्वजनिक भएको छ । कम्पनीले जारी नाडा अटो शो २०२३ मा अप्रिलिया एसआर १६० सार्वजनि गरेको हो ।
भेष्पा अप्रिलियाको नयाँ विक्रेतामा नियूक्त भएसँगै डेल्ट कम्पनीले एसआर १६० सार्वजनिक गरको हो ।
कम्पनीले ३ लाख ९६ हजार रुपैयाँ निर्धारण गरेको यो स्कुटर नाडा अटो शो २०२३ मा बुकिङ खुल्ला गरेको छ ।
अप्रिलिया एसआरमा १६० सीसी सिंगल सिलिन्डर एफआई इन्जिन रहेको छ । यो अप्रिलिया लाइनअपमा सबैभन्दा पावरफुल इन्जिन भएको स्कुटर हो । यो इन्जिनले ११.२७ पीएस पावर तथा १३.४४ एनएम टर्क जेनेरेट गर्छ ।
यो स्कुटरमा फुल डिजिटल डिस्प्ले दिइएको छ । यसमा डिजिटल ट्रिप मिटर, डिजिटल ओडोमिटर। सभिर्स रिमाइन्डर जस्ता फिचर उपलब्ध छ ।
त्यस्तै यसमा एबीएस, टेलिस्कोपिक सस्पेन्सन, एलइडी लाइट्स, अलोय ह्वील पाउन सकिन्छ ।

