अप्रिलिया स्ट्रोम १२५ को बीएस ६ भर्सन नेपालमा, यस्तो छ मूल्य

तस्बीरः सागर थापा

काठमाडौं । अप्रिलियाको स्पोर्टी स्कुटर स्ट्रोम १२५ को बीएस ६ भर्सन नेपाल भित्रिएको छ । अप्रिलियाको नेपालका लागि आधिकारीक बिक्रेता डेल्टा अटोकर्पले स्ट्रोम १२५ बीएस ६ नेपालमा सार्वजनिक गरेको हो ।

अप्रिलियको नयाँ डिलरमा नियुक्त भएसँगै कम्पनीले अपग्रेडेड स्कुटहरु नेपाल भित्र्याउँन थालेको हो ।

कम्पनीले केही समय अघि एसआर १६० को नयाँ मोडल विक्री सुरु गरेको थियो भने अहिले बीएस ६ स्ट्रोम भित्र्याएको हो ।

कम्पनीले ३ लाख २४ हजार ९०० रुपैयाँ तोकेर विक्री सुरु गरेको यो स्कुटरले टीभीएस एनटर्क १२५ को टप भेरियन्टसँग प्रतिस्पर्धा गर्नेछ । टीभीएस एनटर्क १२५ एक्सपीको मूल्य ३ लाख २० हजार ९०० रुपैयाँ रहेको छ ।

अप्रिलिया स्ट्रोम-१२५ मा १२४.४९ सीसीको सिंगल सिलिन्डर थ्री भल्भ एयरकुल्ड बीएस ६ इन्जिन रहेको छ । यो इन्जिनले ७ हजार ७०० आरपीएममा ९.९२ पीएस पावर र ६ हजार २५० आरपीएममा ९.८ एनएम टर्क उत्पादन गर्छ ।

नयाँ स्कुटरमा अनरोड र अफरोड दुवै बाटोको लागि उपयुक्त हुने १२ इन्च स्पोटस् अलोय ह्वील रहेको छ ।


Back_to_top