हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान नेपाल आउने

काठमाडौं । नेपाली बजारमा चीनमा निर्मित हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान आउने भएका छन् । यी माइक्रो भ्यान आर्क्स ग्रुपले नेपाल ल्याउन लागेको हो ।

मध्यम तथा छोटो दूरी, स्कूल, अस्पताल, पर्यटन प्रयोजनमा सञ्चालन गर्न अत्यन्तै व्यावहारिक हुने १४ सिट क्षमताको माइक्रो भ्यान चाँडै बजारमा आउने कम्पनीले जनाएको छ ।

हाइलोङ अटोमोबाइल ब्राण्डका गाडीहरु चीनलगायत दक्षिण कोरिया, मलेसिया, थाइल्याण्ड, कम्बोडिया र लाओसमा बिक्री हुँदै आएका छन् ।


Back_to_top