दुई जापानी हाइब्रिड, कुन किन्दा बढी फाइदा ?

काठमाडौं । जापनी अटोमोवाइल कम्पनी टोयोटा र निसानको कम्प्याक एसयूभी र्‍याभफोर र निसानको एक्सट्रायल दुबै हाइब्रिड टेक्नोलोजीमा उपलब्ध छन् । विगत ४ वर्षदेखि टोयोटा र्‍याभफोर नेपाली बजारमा थियो ।

निसानले पनि आफ्नो २०२३ मा बजारमा आएको एक्स ट्रायल ई–पावर मोडल नेपालमा बिक्री सुरु गरेको छ । दुबै जापनीज ब्रान्डका स्ट्रङ हाइब्रिड एसयूभीहरु उत्कुष्ट ‘स्टेट अफ आर्ट इन्जिनियरीङ’को प्रयोग भएको छ ।

इन्जिन र पावर

निसान ई–पावर एक्सट्रायलमा अल ह्वील ड्राइभ टेक्नोलोजी रहेको छ । यसमा १.५ लिटर क्षमताको थ्री सिलिण्डर टर्बो पेट्रोल इन्जिन छ । ड्यूल इलेक्ट्रीक मोटर यसमा पाउन सकिन्छ । यो एसयूभीले इलेक्ट्रीक र इन्जिनको संयुक्त २१० हर्सपावर प्रदान गर्छ । यसले २० किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दावी छ ।

टोयोटा र्‍याभफोरमा भने २.५ लिटरको चार सिलिण्डर पेट्रोल इन्जिन छ । साथै, यसमा ८८ किलोवाटको इलेक्ट्रीक मोटर रहेको छ । यसको फ्रन्टमा ८८ किलोवाट तथा रियरमा ४० किलोवाटको मोटर रहेको छ । यसको कम्बाइन पावर २१८ हर्सपावरको छ । र्‍याभफोर पनि फोर ह्वील ड्राइभ सिस्टममा उपलब्ध छ ।

ब्याट्री

निसान एक्सट्रायलमा २.१ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक दिएको छ । यसलाई चार्ज गर्न प्लगइन गरिरहनु पर्दैन । आवश्यक परेको बेलामा इलेक्ट्रीक मोटरले मात्रै गाडी गुडाउन सकिन्छ । यसलाई चार्ज भने रिजेनेरेटिभ ब्रेकिङ सिस्टमबाट गर्न सकिन्छ ।

टोयोटा र्‍याभफोरमाकेबल १.५ किलोवाटको निकेल मेटल हाइड्राइड ब्याट्री प्याक दिएको छ । हाइब्रिड टेक्नलोजीको भएकोले यसको व्याट्री पनि आफै रिजेनेरेटीभ ब्रेकिङ सिस्टमबाटै चार्ज हुनेछ । टोयोटा र्‍याभफोरले पनि प्रति लिटर २० किलोमिटरको माइलेज दिने कम्पनीले दावी गरेको छ ।

डायमेन्सन

दुबै एसयूभीमा ५ सिट र ५ डोर छन् । निसान एक्सट्रयालको लम्बाई ४६८० एमएम, चौडाई १८४० एमएम, उचाई १७२५ एमएम तथा २७०५ एमएमको ह्वीलवेस रहेको छ । यसमा ५७५ लिटरको बुट स्पेश रहेको छ । ग्राउण्ड क्लियरेन्स २०० एमएम छ ।

त्यस्तै टोयोटा र्‍याभफोरको लम्बाई ४६१५ एमएम, चौडाई १८६५ एमएम, उचाई १६९० एमएम तथा २६९० एमएमको ह्वीलवेस रहेको छ । यसको बुट स्पेश ६४२ लिटरको छ । यसको ग्राउण्ड क्लियरेन्स २०५ एमएम रहेको छ ।

मूल्य

नेपाली बजारमा टायोटाको आधिकारीक वितरक यूनाइटेड ट्रेडर्स सिण्डीकेटले र्‍याभफोर हाइब्रिडको मूल्य १ करोड ९५ लाख तोकेको छ ।

त्यसैगरी निसानको लागि आधिकारीक वितरक पायोनीयर मोटोकर्पले एक्सट्रायल ई–पावरको मूल्य १ करोड ८७ लाख रुपैया तोकेर बिक्री सुरु गरेको हो ।


Back_to_top