बिक्री सुरु भएको ३० मिनेटमा ‘सोल्ड आउट’ भयो हाइब्रिड ल्याण्डक्रुजर

काठमाडौं । टोयोटाले नयाँ डिजाइनमा ल्याएको हाइब्रिण्ड ल्याण्डक्रुजर बिक्री सुरु भएको ३० मिनेटमा सोल्ड आउट भएको छ । कम्पनीले जर्मनीको लागि छुट्टाएको एक हजार यूनिट नयाँ ल्याण्डक्रुजर ३० मिनेटमा सोल्ड आउट भएको हो ।

टोयोटाले नयाँ ल्याण्डक्रुजरको बुकिङ स्थानिय समय अनुसार डिसेम्बर २१ को बिहान ८ बजेबाट खुल्ला गरेकोमा केबल ३० मिनेटपछि बुकिङ बन्द गरेको थियो । यसलाई कम्पनीले आफ्नो बिक्रीमा नयाँ रेकर्ड मानेको छ ।

ल्याण्डक्रुजर ३०० सी नामबाट आएको नयाँ मस्कुलर एसयूभीले जर्मनीमा पनि ठूला गाडीको बिक्रीमा रेकर्ड बनाएको हो । टोयोटाले नयाँ ल्याण्डक्रुजरलाई ‘ग्लोबल जीए-एफ प्लेटफर्ममा बनाएको हो ।

पहिलो पटक सानो इन्जिनमा आएको ल्याण्डक्रुजर हाइब्रिड मोडलमा २.४ लिटर टर्बो इन्जिन दिएको छ । यसको अधिकतम पावर ३२६ हर्सपावर र ४६५ एनएम टर्क रहनेछ । पावरमा भने ठूलो इन्जिन भन्दा बढी यसले प्रदान गर्नेछ ।

जर्मनीमा बिक्री हुने मोडल टेक एडिसन हुनेछ । साथै, धेरै फिचर थप गरिएको हुने बताइन्छ । टोयोटाको नयाँ डिकोप्लीङ फ्रन्ट स्टेपलाइजर बार, २० इन्चको अलोय ह्वील, डिजिटल रियरभ्यू मिरर, जेबीएलको प्रिमियम अडियो प्याक, १४ वटा स्पीकर, हेडअप डिस्प्ले जस्ता फिचर छन् ।

टोयोटा ल्याण्डक्रुजर नेपालमा पनि सफल मोडल हो । एशियाका अधिकांश देशमा ल्याण्डक्रुजर एलसी ३०० उपलब्ध नभएपनि नेपालमा यसको बिक्री वितरण हुँदै आएको छ । त्यसैले निकट भविष्यमा नै ‘एलसी ३०० सी’ नेपाल आउने अनुमान गर्न सकिन्छ ।


Back_to_top