काठमाडौं । यूरोपकै बीच भागमा पर्ने हंगेरीमा चिनियाँ ‘न्यू इनर्जी भेहिकल’ उत्पादक बीवाइडीले आफ्नो कार प्लान्ट स्थापना गर्ने भएकाृ छ । कम्पनीले डिसेम्बर २२ मा हंगेरीको सेगेड सहरमा उत्पादन प्लान्ट लगाउने पुस्टी गरेको हो ।
चीनपछि युरोप बीवाइडीको दोस्रो ठूलो बजार हो । यूरोपियन देशहरुले ईभीलाई उच्च प्राथमिकतामा राखेकाले पनि ईभी कम्पनीहरु ती क्षेत्रमा प्लान्ट लगाउन लालाहीत छन् । यसअघि अर्को चिनियाँ ईभी उत्पादक एनआईओ र जीडब्लुएमले पनि यूरोपमा उत्पादन प्लान्ट लगाउन तयारी गरिरहेको खबरहरु बाहिर आएको थियो ।
कम्पनीले हंगेरीमा इलेक्ट्रीक भेहिकलमा प्रयोग हुने हाइभोल्टेज ब्याट्री र कार बनाउने छुट्टा छुट्टै प्लान्ट स्थापना गर्नेछ । बीवाइडीले यसअघि नै हंगेरीमा कमर्शियल बसको उत्पादन गर्दै आएको छ ।
विश्वव्यापी रुपमा बजार विस्तार गरिरहेको बीवाइडीले गत मार्चमा थाइल्याण्डमा, मे महिनामा उज्वेकिस्थानमा नयाँ प्लान्टको निर्माण सुरु गरिसकेको छ । त्यस्तै गत जुलाईमा साउथ अमेरिकी देश ब्राजिलमा तीनवटा प्लान्ट सहितको ठूलो उत्पादन क्षमतामा निर्माण चलिरहेको कम्पनीले जनाएको छ ।

