एथरले पावरफुल दुई नयाँ स्कुटर ल्याउँदै, यस्ता छन् विशेषता

काठमाडौं । एथर इनर्जीले दुई नयाँ स्कुटर ल्याउने भएको छ । कम्पनीले अझै पावरफुल र फ्यामेली स्कुटर ल्याउने भएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तरुन मेहताले चाँडै दुई नयाँ स्कुटर ल्याउने पुष्टी गरेका हुन् । उनका अनुसार कम्पनीले २०२४ मा एथर ४५० एक्सको पावरफुल भेरियन्टका साथै नयाँ फ्यामेली स्कुटर ल्याउने छ ।

कम्पनीले ल्याउने भनेको फ्यामेली स्कुटर परीक्षणको क्रममा हालैमात्र भारतीय सडकमा देखिएको छ । झट्ट हेर्दा टीभीएस आइक्यूब जस्तै देखिने यो स्कुटर एथर फ्यामेली स्कुटरको रूपमा सार्वजनिक गर्ने तयारी थालेको हो ।

परीक्षणको क्रममा देखिएको नयाँ स्कुटरमा फोल्डएबल फुटरेस्ट, ठूलो आकारको ग्रयावरेल, फराकिलो सिट तथा फराकिलो फ्लोर बोर्ड देख्न सकिन्छ ।

यो फेमेली स्कुटर २।९ किलोवाट आवरको ब्याट्री प्याक तथा ४५० एसमा भएको कन्सोलका साथ आउने अनुमान गर्न सकिन्छ । कम्पनीले यसको लो रेन्ज भेरियन्ट सुरूआतमा सार्वजनिक गर्नेछ भने यसको टप भेरियन्ट समेत ल्याउने छ ।

यो स्कुटर २०२४ मो मध्यसम्ममा भारतीय बजारमा सार्वजनिक हुने अनुमान गर्न सकिन्छ । यसको मूल्य १ लाख ३० हजार भारतीय रुपैयाँ हाराहारीमा हुने अनुमान गरिएको छ । यसले टीभीएस आइक्यूब, हिरो भिडा एस १ प्रो र बजाज चेतक जस्ता स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ ।

सीईओ मेहताका अनुसार कम्पनीले एथर ४५० एक्सको स्पेशल एडिशन भने २०२४ सुरूआतमा नै ल्याउने छ । कम्पनीले यसलाई पर्फमेन्स स्कुटरको रूपमा विभिन्न फिचर थप गरेर ल्याउने भएको हो । यो स्कुटरको साइड प्यानल ट्रान्सपारेन्ट हुने अनुमान गरिएको छ । कम्पनीले हालैमात्र ट्रान्सपारेन्ट स्कुटर ल्याउने घोषणा गरेको थियो ।

नयाँ फिचरको रूपमा डबल च्यानल एबीएस, क्रुज कन्ट्रोल जस्ता फिचर थप हुने छन् । यो स्कुटरको मूल्य १ लाख ६० हजार भारतीय रुपैयाँ ९एक्स शोरुम० हाराहारीमा हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top