सिंगल च्यानल एबीएस भएको बजाज एन १६० को उत्पादन बन्द

काठमाडौं । बजाजले भारतीय बजारमा पल्सर एन १६० को सिंगल च्यानल एबीएस भर्सन बन्द गरेको छ । कम्पनीले एन १६० सिरिजको सिंगल च्यानल एबीएस भर्सनको माग नभए पश्चात उत्पादन बन्द गरेको हो ।

भारतीय बजारमा अब पल्सर एन १६० को डबल च्यानल एबीएस भर्सन मात्र उपलब्ध हुनेछ ।
पल्सर एन १६० गत वर्ष भारतमा सिंगल च्यानल एबीएस र डबल च्यानल एबीएस भेरियन्टमा सार्वजनिक भएको थियो ।

नेपाली बजारमा पल्सर एन १६० को डबल च्यानल एबीएस मोडल मात्र उपलब्ध रहेको छ । कम्पनीले सुरुवातमा नै नेपाली बजारमा डबल च्यानल एबीएस मात्र सार्वजनिक गरेको हो ।
बजाजको पल्सर १६० एनमा ट्वीन भर्टिकल एलइडी टेलल्याम्प, वाई सेपको अलोय ह्वील, स्प्लीट ग्रावरेल, अन्डरवेली एग्जस्ट दिएको छ । साथै, आइब्रो डिजाइनमा एलइडी डेटाइम रनिङ लाइट, अगाडि सानो विन्ड स्कृन, सार्प र मस्कुलर डिजाइनको इन्धन ट्याङ्की पाउन सकिन्छ ।

यसमा कम्पनीले १६४.८ सीसी क्षमताको आयल कुल्ड, सिंगल सिलिण्डर इन्जिन दिएको छ । बजाजको यो विल्कुलै नयाँ इन्जिन हो । यो इन्जिनले अधिकतम १६ पीएस पावर र १४.६ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड गियरबक्स रहेको छ ।

बजाजले १६० एनमा पनि सेमी डिजिटल इन्ट्रुमेन्ट क्लष्टर दिएको छ । साथै, एबीएस र दुबै चक्कामा डिस्क ब्रेक, १७ इन्चको ह्वील पाउन सकिन्छ ।

यो मोटरसाइकलको मूल्य ३ लाख ९३ हजार ९०० रुपैयाँ रहेको छ ।


Back_to_top