काठमाडौं । जर्मन कार निर्माता फक्सवागेन ग्रुपले वेलायतको प्रतिष्ठित इलेक्ट्रीक भेहिकल इनोभेसन एण्ड एक्सीलेन्स अवार्ड अन्तर्गत ‘ओइएम अफ दी एयर’को अवार्ड जित्न सफल भएको छ । कम्पनीले आफ्नो इनोभेसनको लागि उक्त अवार्ड पाएको हो ।
फक्सवागेन ग्रुपमा प्यासेन्जर कार सेग्मेन्ट अन्तर्गत अउडी, सीट, कुप्रा, स्कोडा र फक्सवागेन ब्राण्डका ईभीहरु उत्पादन र बिक्री गर्दै आएको छ ।
ओइएम अफ दी अवार्डसँगै फक्सवागेन ग्रुपलाई ईभीको अनुषन्धान, खोज र प्रयोगमा थप हौसला प्रदान गरेको बताइन्छ । साथै, पेट्रोलियम पदार्थबाट चल्ने कार खोज्ने ग्राहकलाई इलेक्ट्रीक कारमा परिवर्तन हुन सहयोग गरेको बताइन्छ ।
फक्सवागेनले विश्वब्यापी जलवयू परिवर्तन रोक्न र ईभीमा जाने ‘पेरिश क्लाइमेट चेन्ज अग्रिमेन्ट’ प्रति प्रतिबद्ध भई काम गरिरहको जनाएको छ । ग्रुपले इमोवीलीटीको विकास गर्न अर्बौ डलर लगानीको घोषणा गरेको छ । अहिले फक्सवागेन ग्रुप विश्वकै तेस्रो ठूलो ईभी निर्माता हो ।
ग्रुपसँग सन् २०३० सम्ममा ५० वटा फुल्ली इलेक्ट्रीक मोडल हुने बताइन्छ । कम्पनीले सन् २०२७ सम्म डिजिटलाइजेशन र इलेक्ट्रीफिकेशनमा १३० बिलियन डलर लगानी गर्ने बताएको छ ।

