२०१९ मा कार र हलुका सवारीको बिक्री घट्ने, नेपालको बिक्री झनै कमजोर

सन् २०१९ मा प्यासेन्जर कार र हलुका सवारीको माग ५ वर्षयताकै न्यून हुने अनुमान गरिएको छ । भारतमा हुदै गरेको आम निर्वाचन र सवारीसाधनको सुरक्षा तथा प्रदूषण स्ट्यान्डर्ड स्तरोन्नतिका कारण सवारीको उत्पादन तथा माग कम हुने अनुमान गरिएको हो ।

हलुका सवारी (प्यासेन्जर कार र ६ टनसम्मका साना कमर्सियल सवारी)को बिक्री २०१९ को पहिलो ३ महिनामा केही वृद्धि देखिएको छ । तर यो वर्षभर कायम नरहने सवारी उत्पादकहरुको भनाइ छ । २०१४ मा आम निर्वाचन भएको वर्ष यो सेगमेन्टका सवारीको बिक्री करिब २ प्रतिशतले कमी आएको अटोमोटिभ कन्सलट्यान्सी आइएचएस मार्किटले जनाएको छ ।

चुनाव नसकिँदासम्म व्यवसायीक वातावरण कठिन हुने अटोमोबाइल उद्योगीहरुको भनाइ छ । ‘हामीले २००८÷९ र २०१३÷१४ को चुनावको समय पनि देखेका छौं कि चुनाव पछि बजार बढ्ने गरेको छ,’ मारुती सुजुकीका अध्यक्ष आरसी भार्गवले भने, ‘२०१९ को चुनावको पनि विगतको जस्तै नतिजा देखिने छ र चुनावको परिणमले नयाँ मार्ग तय गर्नेछ ।’

भारतको सबैभन्दा ठूलो कार उत्पादन मारुती सुजुकीले २०१८÷१९ मा आफ्नो कारको बिक्री करिब ६ प्रतिशतले घट्ने अनुमान गरेको छ ।

चुनावसँगै कार बिक्री घट्नुमा कारको दर, राइड सेयरिङमामा वृद्धि, प्रदूषण मापदण्ड  (भारत स्ट्यान्डर्ड) बीएस–६ लागु हुनु र कारमा सुरक्षा विशेषता अनिर्वाय हुनु पनि कारक रहेको उद्योगीहरुको भनाई छ ।

चुनाव पछि अहिलेको अवस्थामा परिवर्तन हुने होन्डा कार इन्डियाका प्रमुख गाकु नाकानिसको भनाइ छ । सवारीको प्रदूषण बीएस–६ २०२० अप्रिल १ देखि लागु हुने भएकाले २०२० पनि सहज नहुने उनले बताए ।

प्यासेन्जर सवारीको विक्री घट्नुमा आम चुनाव, बीएस–६ मात्र नभई सहरी क्षेत्रमा देखिएका पार्किङ अभाव, राइड सेयरिङमा भएको वृद्धि पनि कारक भएको टोयोटा किलोरसकर मोटरका उपप्रमुख शेखर विश्वनाथनले बताए ।

चुनावपछि प्यासेन्जर तथा लाइट कमर्सियल सवारीको बजारमा देखिएको सिनारियो चेन्ज हुने आइएचएस मार्किटमा सिनियर एनालिस्ट गौरव भांगलको भनाइ छ । सवारी उत्पादकहरु पुराना सवारी बिक्री गरिसक्नु पर्ने र नयाँ सवारीपनि बिक्री गर्नु पर्ने अवस्थामा रहेकाले यसको यस्तो समस्या केही समय रहने उनले बताए ।  

नेपालमा कस्तो असर

नेपालको अटो बजार बिगत चार महिनादेखि विमारी अवस्थामा पुगेको छ । जेठ १५ गते ल्याइएको बजेटले बढाएको कर र नेपाल राष्ट्र बैंकले अटो कर्जामा गरेको कडाईले नेपाली अटो बजार थलिएको छ ।

पछिल्लो समयको तथ्यांकलाई हेर्ने हो भने समग्र अटोमोवाइल बजारमा वृद्धि भएपनि पेसेन्जर कार सेग्मेन्टमा करिब ३० प्रतिशतभन्दा बढीले कमी आउने अनुमान गरिएको छ । 


Back_to_top