लामो समयको पर्खाइ पश्चात् यामाहाले भारतीय बजारमा उतारेको आफ्नो नयाँ मोडल एमटी–१५ को शोसल मिडियामा निकै आलोचना सुरु भएको छ ।
यामाहाका फ्यानहरु यो बाइक सार्वजनिक हुनुभन्दा अगाडि निकै उत्साहित देखिएका थिए । जब बाइक सार्वजनिक भयो यसलाई लिएर युवाहरुले शोसल मिडियामा नयाँ क्याम्पेन ‘इम्पीटी–१५’ सुरु गरेका छन् ।
मार्च १५ मा सार्वजनिक भएको यो बाइकको मूल्य अनुमान गरिएको भन्दा धेरै देखिएको युवाहरुले शोसल मिडियामा उल्लेख गरेका छन् । यसका साथै बाइकको फिचरसमेत अन्तर्राष्ट्रिय बजारको भन्दा कमजोर रहेको बताइएको छ ।

एमटी–१५ मा यूएसडी फर्क, डबल च्यानल एबीएस, पिरेली टायर, कलर एलोय हेवील जस्ता फिचर भारतीय ग्राहकले अपेक्षा गरेका थिए । युरोपीयन बजारमा रहेको यो मोडलमा यी सबै फिचरहरु उपलब्ध रहेका छन् ।
भारतीय बजारमा १ लाख ३६ हजार भारतीय रुपैयाँ एक्स शोरुम मूल्य निर्धारण भएको यो बाइक १ लाख २० हजार भारुमा सार्वजनिक हुने अनुमान गरिएको थियो ।
फिचरमा कम्पनीले कन्जुस्याइ गरेको र मूल्य धेरै राखिएको भन्दै एमटी–१५ लाई इम्पीटी–१५ भन्दै सोसल मिडियामा ट्रोल सुरु गरिएको हो ।
कम्पनीले बिभिन्न सिरिजको नाममा बाइक ल्याएपनि एउटै पार्टस् प्रयोग गरेको समेत बताएका छन् ।

