चेतकको मूल्यमा भारी कटौती, अटो शोमा आउला नेपाल ?

काठमाडौं । बजाज चेतकको मूल्यमा ब्यापक कटौती भएको छ । बजाजले आफ्नो एक मात्र इलेक्ट्रीक स्कुटर चेतकको मूल्य २२ हजार भारतीय रुपैयाँले कटौती गरेको हो ।

यसअघि दिल्लीमा १ लाख ५२ हजार एक्स शोरुम मूल्य भएको बजाज चेतक अब १ लाख ३० हजार भारतीय रुपैयाँमा नै दिने भएको हो । मूल्य कटौतीलाई कम्पनीले विशेष स्कीम भनेपनि समय अवधि तोकेको छैन ।

भारतमा सरकारले ‘फेम २’ अनुदान हटाए पश्चात् भारतमा सबै इलेक्ट्रीक दुई पाङ्ग्रे उत्पादकले मूल्य बढाए । परिणाम त स्कुटरको बिक्रीमा ब्यापक गिरावट आएको छ । त्यही कारण सबै इलेक्ट्रीक दुई पाङ्ग्रे उत्पादकहरुले मूल्य घटाइरहेका छन् ।

नेपालमा सार्वजनिक गर्ने तयारी

बजाज मोटरसाइकलको नेपालमा लागि आधिकारिक बिक्रेता कम्पनी हंशराज हुलाश चन्द एण्ड कम्पनीले चेतक इलेक्ट्रीक स्कुटर नेपाल ल्याउने तयारी थालेको थुप्रै समय भयो ।

कम्पनीले चेतक स्कुटर नेपाल नै ल्याएर यसको परिक्षण समेत गरिरहेको कम्पनी स्रोतले जनाएको छ । सम्भवत भदौ २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डमा आयोजना हुने नाडा अटो शो २०२३मा चेतक स्कुटर सार्वजनिक हुन सक्नेछ ।

बजाजले लामो समयदेखि नेपालमै मोटरसाइकल एसेम्वल गर्दै आएको छ । अहिले नेपालमा बिक्री हुने मोडल कम्पनीले नेपालमा नै एसेम्वल गर्दै आएको छ । सम्भवत चेतकसमेत नेपालमा नै एसेम्वल हुनेछ ।

यस्तो छ स्कुटर

बजाज चेतमा ५०.४ भोल्ट ५७.२४ एम्पीयर आवरको लिथियम आयोन ब्याट्री पाउन सकिन्छ । कम्पनीले चेतकमा ४.२ किलोवाट पीक पावर भएको मोटर दिएको छ । कम्पनीका अनुसार चेतकले सिंगल चार्जमा १०८ किलोमिटरसम्म रेन्ज दिन्छ ।


Back_to_top