बजाज सीटी ११० नयाँ अवतारमा, माइलेज १०४ किलोमिटर

बजाज अटोले सीटी ११० को नयाँ भर्सन सार्वजनिक गरेको छ । दुई भेरिन्टमा सार्वजनिक गरिएको बाइकको मूल्य ३८ हजार र ४४ हजार भारतीय रुपैयाँ रहेको छ । रेगुलर सीटी १०० को तुलनमा यसको इन्जिन तथा बाहिरी आवरणमा कम्पनीले निकै परिवर्तन गरेको छ । कम्पनीले ग्राफिक्स परिर्वतनका साथै यसको इन्जिन, गियरबक्स, फोर्क, ह्विल्स, ह्यान्डलबार र बार ग्र्याब रेल्स कालो रङमा उपलब्ध रहेको छ ।

बजाज सीटी ११० बाइकमा ११५ सीसी सिगंल सिलिन्डर, एयर कूल्ड, डिटीएसआई इन्जिन रहेको छ । यस अघि यसमा ११०  सीसी क्षमताको रहेको थियो । यो इन्जिनले ८.६ बीएचपीको पावर र ९.८१ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ४ स्पिड गियरबक्स रहेको छ ।

सीटी ११० ले  १०४ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ । 


Back_to_top