बजाजको मोटरसाइकल किन्दा फ्रिज सित्तैमा

काठमाडौं । बजाजले ‘फ्रि-लीली स्कीम’ सार्वजनिक गरेको छ । कम्पनीले १२५ सीसीभन्दा कम क्षमता भएका मोटरसाइकलमा लागू हुनेगरी ‘फ्रि–लीली स्कीम’ ल्याएको हो ।

कम्पनीले ल्याएको स्कीममा १ लाख ९५ हजार रुपैयाँको मोटरसाइकलमा किन्दा सामसङ रेफ्रिजेरेटर सित्तैमा दिने भएको हो ।

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनीले १२५ सीसी क्षमताको कुनै पनि मोटरसाइकल किन्दा रेफ्रिजेरेटर निःशुल्क पाइने स्कीम ल्याएर ग्राहक तान्न खोजेको हो ।

बजाजले ल्याएको यो स्कीममा १०० सीसीदेखि १२५ सीसीसम्मका मोटरसाइकल किन्दा सामसङको १९२ लिटर क्षमताको रेफ्रिजेरेटर उपलब्ध गराउने भएको हो ।

बजाज प्लाटीना, बजाज पल्सर १२५, एनएस १२५, डस्कभर १२५ जस्ता मोटरसाइकलमा यो स्कीम लागू हुनेछ ।

बजाजले स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा एक्सचेन्ज, फाइनान्स तथा विभिन्न स्कीम उपलब्ध गराउँदै आएको छ ।


Back_to_top