भारतमा फ्रोनक्स क्रसओभरको विक्री सुरु, नेपालमा कति पर्ला मूल्य ?

काठमाडौं । मारुती सुजुकीले नयाँ क्रसओभर ‘फ्रोनक्स’को भारतमा विक्री सुरु गरेको छ । कम्पनीले यसअघि नै बुकिङ खुल्ला गरेको फ्रोनक्स क्रसओभरको विक्री सुरु गरेको हो ।

नेचुरल्ली एस्पीरेटेड इन्जिनमा सिग्मा, डेल्टा, डेल्टा एएमटी, डेल्टा प्लस म्यानुअल र डेल्टा प्लस एएमटी भेरियन्ट ल्याइएको छ । त्यसैगरी, टर्बो इन्जिनमा डेल्टा म्यानुअल, जेटा म्यानुअल, जेटा अटोमेटीक, अल्फा म्यानुअल, अल्फा अटोमेटीक, अल्फा ड्यूल टोन म्यनुअल र अल्फा ड्यूल टोन अटोमेटीक भेरियन्टमा आएको छ ।

भारतीय बजारमा यी सबै भेरियन्टको मूल्य ७ लाख ४६ हजार ५०० भारतीय रुपैयाँदेखि १३ लाख १३ हजार ५०० रुपैयाँसम्म कायम गरेर विक्री सुरु भएको हो । भारतीय बजारको मूल्यलाई आधार मान्ने हो भने फ्रोनक्सको नेपालमा सुरुवाती मूल्य ३७ लाख हाराहारी पर्ने अनुमान लगाउन सकिन्छ । यसको टप भेरियन्ट आउने हो भने त्यसको मूल्य ६५ लाख हाराहारी पर्नेछ ।

यसमा १.० लिटर थ्री सिलिन्डर बुस्टरजेट पेट्रोल इन्जिन तथा १.२ लिटर के–सिरिज पेट्रोल इन्जिन दिइएको छ । यो इन्जिनले ९० ब्रेक हर्सपावर र ११३ एनएम टर्क उत्पादन गर्दछ । यसलाई फाइभ स्पीड म्यानुअल र अटोमेटिक म्यानुअल ट्रान्समिसनसँग जडान गरिएको छ ।

सार्वजनिक एक रिपोर्ट अनुसार, यो गाडीमा प्रयोग हुने १.२ लिटर पेट्रोल इन्जिनले म्यानुअल ट्रान्समिसनमा २१ किलोमिटर प्रतिलिटर र अटोमेटिक ट्रान्समिसनमा २३ किलोमिटर प्रतिलिटर फ्युल इफिसिएन्सी प्रदान गर्छ ।

त्यस्तै, १.० लिटर भेरिएन्टले भने म्यानुअल ट्रान्समिसनमा २१ किलोमिटर प्रतिलिटर र अटोमेटिक ट्रान्समिसनमा २० किलोमिटर प्रतिलिटर फ्युल इफिसिएन्सी प्रदान गर्दछ ।

स्ट्यान्डर्ड फिचरमा यो गाडीमा अटोमेटिक क्लाइमेट कन्ट्रोल, की–लेस एन्ट्री एन्ड गो, फ्याब्रिक सिट अपहोल्स्ट्री, पावर विन्डोज, स्टेयरिङका लागि टिल्ट एडजस्टमेन्ट, डुअल टोन इन्टेरियर, हिल होल्ड असिस्ट, रिभर्स पार्किङ सेन्सर, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, रियर डिफोगर, ह्वील कभरसहितको स्टिल ह्वील र हलोजन प्रोजेक्टर हेडल्याम्प दिइएको छ ।

मारुति फ्रोनक्स टप भेरियन्टको इन्टेरियरमा भने ३६० डिग्री क्यामेरा, क्रुज कन्ट्रोल, लेदर ¥याप्ड स्टेयरिङ ह्वील, डुअल टोन एक्सटेरियर कलर र १६ इन्चको डायमण्ड कट एलोय ह्वील जस्ता सुविधाले सुसज्जित गरिएको छ ।

मारुती सुजुकीको यो नयाँ क्रसअ‍ोभरमा ७.० इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, ओएटी, इलेक्ट्रीकली एडजस्टेबल विङ मिरर, भ्वाइस असिस्टेन्स, स्टेयरिङ माउन्टेड कन्ट्रोल, ६ स्पिकर साउन्ड सिस्टम, सुजुकी कनेक्टेड कार फिचर्स, रियर एसी भेन्ट्स पनि पाउन सकिन्छ ।


Back_to_top