यूनिक डिजाइनमा सीएफ मोटोको नयाँ मोटरसाइकल

काठमाडौं । चिनियाँ मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी सीएफ मोटोले १२५ सीसी क्षमताको नयाँ मोटरसाइकल बजारमा ल्याउने भएको छ । कम्पनीले रेट्रो स्क्र्यामलर डिजाइनमा पापीयो एक्सओ टु मोटरसाइकल ल्याउने भएको हो ।

केहि महिना अघि सीएफ मोटोले मिनी मोटरसाइकल पापीयो मोडलको पहिलो भेरिएन्ट एक्सओ १ चिनियाँ बजारमा सार्बजनिक गरेको थियो ।

सीएफ मोटोको अब आउने नयाँ मोटरसाइकल यहि मोडलकै दोस्रो भेरिएन्ट हो । जुन विल्कुलै फरक डिजाइनमा रहेको छ ।

सीएफ मोटोको एक्सओ १ भेरिएन्ट मोटरसाइकल चीन र अमेरिकामा मात्रै उपलब्ध छ । कम्पनीले यहि मोडलको नयाँ भेरिएन्ट एक्सओ २ भने अब यूरोपसँगै अन्य देशहरुमा पनि निर्यात गर्नेगरी काम गरिरहेको बताइन्छ ।

एक्सओ २ मोटरसाइकलमा फ्रन्ट फेन्डर, ट्वीन बग-आई हेडलाइट, रग्ड फ्युल ट्याकं एक्स्टेन्सन प्यानल, सिम्पल सिंगलपीस सेडलसँगै कम्यूटर-इस ग्रेब रेल जस्ता डिजाइनले गर्दा निकै आर्कषक देखिएको छ ।

पापीओ एक्सओ २ मा १२६ सीसी क्षमताको एयर कुल्ड, फोर स्ट्रोक, सिगंल सिलिन्डर इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिक्तम ९.५ पीएस हर्सपावर र ८.३ एनएम टर्क जेनेरेट गर्छ । मोटरसाइकलमा ६ स्पीडको गियरबक्स पाउन सकिन्छ ।

कम्पनीले मोटरसाइकलको ब्रेकिङको लागि दुबै टायरमा डिस्कब्रेकसँगै एबीएस फिचर दिएको छ । ट्वीन एलइडी हेडलाइट, टेलिस्कोपीक फर्क, मोनोसक सस्पेन्सन, दुबै टायरमा १२ इन्चको अलोय ह्वील जस्ता फिचरहरु समाबेस हुनेछन् ।

कम्पनीले यो मोटरसाइकललाई सन् २०२३ बाटै बजारमा विक्री सुरु गर्ने बताएको छ । यसको थप जानकारी र मूल्यको लागि भने केहि समय पर्खनुपर्ने छ ।


Back_to_top