बजाजका मोटरसाइकल थोरै डाउन पेमेन्टमा पनि किन्न पाइने

काठमाडौं । बजाजको जुनसुकै मोडलको खरिदमा ग्राहकले सहुलियत फाइनान्स सुविधा पाउने भएका छन् । नेपालका लागि बजाजको आधिकारिक बिक्रेता कम्पनी हशंराज हुलासचन्द एण्ड कम्पनीले बजाजका मोटरसाइकल किन्न चाहने ग्राहकलाई लक्षित गर्दै उक्त फाइनान्स सुविधा ल्याएको हो ।

कम्पनीले ल्याएको फाइनान्स सुविधा अन्तर्गत ३० प्रतिशत, ४० प्रतिशत र ५० प्रतिशत डाउन पेमेन्ट गरेर बजाजका मोटरसाइकल किन्न सकिने छ । यस बाहेक बाँकी रहेको रकम ग्राहकले २४ महिना र ३६ महिनाको किस्तामा तिर्न सक्नेछन् । यो सुविधा बजाजको सबै मोटरसाइकलमा लागु हुने कम्पनीले जनाएको छ ।

यस स्कीम अन्तर्गत बजाज पल्सर एनएस ४०० किन्न चाहने ग्राहकले ३० प्रतिशत डाउन पेमेन्ट गर्दा १ लाख ८० हजार ९७० रुपैयाँ सुरुमा बुझाउनु पर्नेछ । बाँकी रकम १६ प्रतिशत ब्याजदरमा २४ महिना भित्र तिर्नुपर्ने हुन्छ । यसमा ग्राहकले हरेक महिना १९ हजार १९० रुपैयाँ किस्ता तिर्नु पर्छ ।

त्यस्तै, ४० प्रतिशत डाउन पेमेन्ट गर्दा २ लाख ३६ हजार ९६० रुपैयाँ बुझाउन पर्छ । यसमा ग्राहकलाई १४ प्रतिशत ब्याज लाग्छ भने बाँकी किस्ताका लागि २४ महिनाकै समय पाउने छन् । यसमा एक महिनाको किस्ताको रुपमा १६ हजार १२९ रुपैयाँ तिर्नु पर्नेछ ।

यसका साथै, ग्राहकले ५० प्रतिशत डाउन पेमेन्टमा एनएस ४०० खरिद गर्दा २ लाख ९२ हजार ९५० रुपैयाँ तिर्न पर्छ । यसमा भने १२ प्रतिशत ब्याज लाग्ने छ र यसको अवधि २४ र ३६ महिनाको रहेको छ । २४ महिनाको अवधिमा यसको प्रत्येक महिनाको किस्ता १३ हजार १७८ रुपैयाँ लाग्ने छ भने ३६ महिनाको लिँदा ९ हजार २९८ रुपैयाँ किस्ता लाग्ने छ । बजाज पल्सर एनएस ४०० को मूल्य ५ लाख ५९ हजार ९०० रुपैयाँ रहेको छ ।

फाइनान्समा मोटरसाइकल किन्ने ग्राहकले नागरिकता, सवारी चालक अनुमतिपत्रको प्रतिलिपि, पानी वा बिजुलीको बिल र आयस्रोत खुलेको कागजपत्र उपलब्ध गराउनु पर्नेछ । यसमा कम्पनीको सर्तहरु लागु हुने छ ।

कम्पनीले पुराना मोटरसाइकलसँग बजाजका नयाँ मोटरसाइकल साट्न सकिने स्कीमसमेत संचालन गर्दै आएको छ ।


Back_to_top